
काठमाडौँ — सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो साढे १ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
संसदीय सुनुवाइ समितिले असोज १६ सर्वसम्मतले उहाँको ानम अनुमोदन गरेको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अनिवार्य अवकाश गएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्ने जिम्मा पाउनु भएको थियो । राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ चैतसम्म रहनेछ ।
न्याय क्षेत्रमा उहाँको नेतृत्वमा न्यायालयले थप सुदृढ हुने विश्वास गरिएको छ । सन् १९६१ मा उदयपुरमा जन्मिएका राउत सन् २०१६ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनु भएको थियो । सन् १९८३ देखि २०१६ सम्म अधिवक्ता तथा वरिष्ठ अधिवक्ताका रूपमा वकालत गर्नुभएको थियो भने उहाँ देवानी, फौजदारी र संवैधानिक कानुनका विज्ञ मानिनुहुन्छ । उहाँ सन् २०१६ सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्षसमेत बन्नुभएको थियो