Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेप्सेमा सकारात्मक सन्देश, बजार ५६ अंक बढ्यो

नुवाकोट पुकार २० आश्विन २०८१, आईतवार १६:१९

काठमाडौं, असाेज २० । सेयर बजार ५६.०९ अंकले बढेको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.०९ अंक अर्थात् २.१५ प्रतिशतले बढेर २६५३.५८ बिन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा बन्द भएको थियो भने त्यसअघिका दुई कारोबार दिनमा नेप्से १६० अंकले बढेको थियो। गत मंगलबार ११४ अंक र सोमबार ४४ अंक गरी दुई दिनमा १६० अंकको वृद्धि भएको थियो।

आइतबार नेप्सेमा कुल ५ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ६ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

आइतबार कारोबारमा आएका मध्ये २१९ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मुल्य भने स्थिर छ।

आइताबार न्यादी हाइड्रोपावको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मध्ये भोटेकाशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशत, इस्टर्न हाइड्रोपावरको ९.६८ प्रतिशत, गुडवील फाइनान्सको ९.२७ प्रतिशत, साइनर्जी पावरको ८.१४ प्रतिशत, समृद्धि फाइनान्सको ७.९२ प्रतिशत, नेपाल फाइनान्सको ७.७० प्रतिशत र बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य ७.६२ प्रतिशतले बढेको छ।

आइतबार वीन नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा नकरात्मक सर्किट लाग्दा कुमारी सबल योजनाको सेयर मूल्य ९.४३ प्रतिशतले घटेको छ। यस्तै, एनआइसि एसिया सेलेक्ट फण्डको ६.७० प्रतिशत, स्वरोजगार लघुवित्त वित्तियको ५.४९ प्रतिशत र उपकार लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ४.४१ प्रतिशतले घटेको छ। 

आइतबार बैंकिङ समुहको सेयर मूल्य २.२० प्रतिशत, विकास बैंक समूहको २.२२ प्रतिशत, फाइनान्स समूहको ६.३० प्रतिशत, होटल तथा पर्यटन समूहको १.७१ प्रतिशत, जलविद्युत समूहको २.७३ प्रतिशत र लगानी समूहको सेयर मूल्य १.९९ प्रतिशतले बढेको छ। 

यस्तै, जीवन बिमा समूहको १.३४ प्रतिशत, उत्पादन समूहको ३.१२ प्रतिशत, लघुवित्त समूहको १.४७ प्रतिशत, म्युचअल फण्ड समूहको ०.१८ प्रतिशत, निर्जीवन बिमा समूहको १.४९ प्रतिशत र व्यापार समूहको सेयर मूल्य ०.९० प्रतिशतले बढेको छ। 

Continue Reading

Previous: राष्ट्रपतिसमक्ष प्रधान न्यायाधीश राउतद्वारा शपथ
Next: दाहाल प्रतिष्ठान नुवाकोटको अध्यक्षमा गोकुल दाहाल

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार