
रातमाटे । नुवाकोट जिल्लामा रहेका दाहालहरुको भेलाले दाहाल प्रतिष्ठान नुवाकोटको तदर्थ समिति गठन गरेको छ । आश्विन १९ गते शनिवार जिलिड.को नयाँ पुलमा आोजितकदाहाल प्रतिष्ठान नुवाकोटको प्रथम भेलाले नुवाकोट जिलिड.का गोकुल प्रसाद दाहालको अध्यक्षतामा नुवाकोट शाखा समिती गठन गरेको हो । दाहालको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्ष खाली राखिएको छ भने सचिवमा दुईपिपलका धुव्र दाहाल र सहसचिवमा अप्सरा दाहाल चयन हुनु भएको छ ।

यस्तै सदस्यहरुमा शुकदेव दाहाल,दिनेश दाहाल, गोविन्द दाहाल,अर्जुन दाहाल,रविन दाहाल,रामहरि दाहाल, कुलप्रसाद दाहाल, नुरप्रसाद दाहाल, इश्वर दाहाल,रामप्रसाद दाहाल र गोविन्द दाहाल रहनु भएको छ । प्रतिष्ठानको केन्द्रीय उपाध्यक्ष उद्धव दाहाल र केन्द्रीय सचिव शिवहरि दाहालको उपस्थितिमा भएको कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपाध्यक्ष शिव दाहालसहित दुईपिलल, जिलिड., महादेवखर्क लगायतका दाहालहरुको सहभागिता रहेको नवनिर्वाचित सचिव धुव्र दाहालले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
यसैबीच अध्यक्षमा निर्वाचित गोकुल दाहालले नुवाकोट जिल्लाभरिका दाहालहरुलाई एकतावद्ध गर्दै दाहालहरुको वंशावली अध्यावधिक गर्ने, दाहाल एकता कायम गर्ने, दाहाल प्रतिष्ठानमार्फत धर्म संस्कृतिको जर्गेना गर्ने लगायतका काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।नुवाकोट जिल्लामा झण्डै चारसय घर परिवार दाहालहरु बसोबास गर्दै आएको प्रारम्भिक अनुमान गरिएको छ ।