
काठमाडौँ, असोज २१ गते । बाढी पहिरोबाट प्रभावित नागरिकहरुको राहतका लागि सरकारलाई प्रभु ग्रुपले १ करोड ७५ लाख सहयोग प्रदान गरेको छ । प्रभु बैङ्कका अध्यक्ष देवीप्रसाद भट्टचनबाट १ करोड ७५ लाखको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको छ ।उक्त ग्रुप अन्र्तरगत प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको थियो ।
र प्राइम कमर्सियल बैङ्कका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट ३१ लाखको चेक हस्तान्तरण भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट १ करोड, अरुण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट १ करोड, चेक हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले सहयोग गर्ने संस्थालाई धन्यवाद दिनुभएको थियो ।
