Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

स्थानीय तहहरूलाई अनिवार्य सूचना अधिकारी तोक्न निर्देशन 

नुवाकोट पुकार २१ आश्विन २०८१, सोमबार १७:०७

काठमाडौँ — स्थानीय भहमा भएका सूचनाहरु सर्वसाधारणले सजिलै पाउने अवस्था छैन । पत्रकाहरुका लागि त त्यो सहज नभएका सूचना सर्वसाधारणको तहसम्म पुग्ने कुरा नै भएनन् । जसका कारण स्थानीय तहमा बढ्दो अपारदर्शिता र भ्रष्टाचार बढिरहेको अवस्था छ । अख्तियार तथा महालेखा परिक्षकको प्रतिवेदनले समेत स्थानीय तहहरुमा भ्रष्टाचार र बेरुजु बढिभएको तथ्यहरु सार्वजनिक गर्दै आएको छ ।

यसैबीचमा राष्ट्रिय सूचना आयोगले पनि आन नागरिकमा स्थानीय सरकारको सूचनाको पहुँच कमजोर भएको भन्दै अनिवार्य रूपमा सूचना अधिकारी तोक्न स्थानीय तहलाई निर्देशन दिएको छ । स्थानीय तहबाट जारी हुनुपर्ने सूचना प्रकाशनको अवस्था न्यून रहेको पाइएको उल्लेख गर्दै राष्ट्रिय सूचना आयोगले सबै स्थानीय तहहरूलाई अनिवार्य रूपमा सूचना अधिकारी तोक्न निर्देशन दिएको हो । आयोगले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पठाएको निर्देशनमा सार्वजनिक निकायमा भएका सूचनामा सहज पहुँच पुर्‍याउनका लागि अधिकारी तोक्न निर्देशन दिएको हो ।

सूचना अधिकारी अनिवार्य रुपमा तोक्ने र सूचना अधिकारी तोक्दा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम २४ ९क० को व्यवस्था बमोजिम मात्र गर्ने गराउने । सूचना मागको अवस्थालाई ध्यानमा राखी आवश्यकता भएमा सूचना शाखाको व्यवस्था गर्ने गराउने,स्थानीय तहहरूलाई आयोगले पठाएको निर्देशनमा उल्लेख छ, सूचना अधिकारीलाई सार्वजनिक निकायमा भएका सूचनामा सहज पहुँच तथा सहयोग गर्ने गराउने व्यवस्था गर्नुपर्ने । साथै सूचना अधिकारीलाई स्रोत साधन सम्पन्न बनाउने ।

नागरिकलाई संविधानले दिएको सूचनाको हक कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहले सूचनाको हकसम्बन्धी बजेट तथा कार्यक्रम अनिवार्य रुपमा प्रत्येक वर्ष राख्न पनि आयोगले निर्देशन दिएको हो । त्यसरी तोकिने सूचना अधिकारीलाई सार्वजनिक निकायमा प्राप्त हुने वैदेशिक भ्रमण, तालिम, पुरस्कार जस्ता विषयमा प्राथमिकतामा राख्न पनि आयोगले स्थानीय तहहरूलाई निर्देशन दिएको हो । सूचना आयोग नेपाल सरकारको एक अधिकारसम्पन्न आयोग हो ।

Continue Reading

Previous: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रभु ग्रुपले दियो १ करोड ७५ लाख
Next: नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार