
काठमाडौँ, असोज २२ गते। मुलुकको राष्ट्रप्रमुख राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टिकाको दिन टिका तथा प्रसाद प्रदान गर्ने समय सार्वजनिक गरिएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले मंगलबार साँझ जारी गर्नुभएको प्रेस नोट अनुसार राष्ट्रपति पौडेलले शनिबार अपरान्ह ३ बजेदेखि ३.३० सम्म विशिष्ट व्यक्ति र ३.३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने व्यवस्था गरिएको छ ।
दिउँसो ३ बजेर ३० मिनेटपछि आधा घण्टा इच्छुक मन्त्री, सांसद, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तित्व, निजामति, जङ्गी, प्रहरी तर्फका अधिकृत स्तरसम्मका राष्ट्र सेवकलाई टीका तथा प्रसाद प्रदान गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। प्रवक्ता पन्तीका अनुसार राष्ट्रपति पौडेलले सर्वसाधारणलाई अपरान्ह ३ बजेर ३० मिनेटदेखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गर्नुहुनेछ। हरेक वर्ष दशैंका अवसरमा राष्ट्रप्रमुखले टिका लगाउने परम्परा रहँदै आएको छ ।
