
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले ६५ लाख बराबरको अवैध मोबाइलफोन बरामद गरेको छ । प्रहरीका अनुसार आज बिहान ९.४५ बजेको समयमा बेलकोटगढी नगरपालिका वडा नं०५ अस्थाई प्रहरी पोष्ट कोल्पुटार प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त सामान बराम गरिएको प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तिलक भारतीले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

गल्छीबाट त्रिशुली तर्फ आउदै गरेको बा ३ ख ८६१२ नम्बरको हाईस गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा सोही गाडीमा सवार जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका वडा नं०१ बस्ने अन्दाजी ५९ वर्षीय डम्बर सिंह बिष्टले झोलामा लुकाई छिपाई ल्याएको बिल बिनाको छैसाठ्ठी लाख उनाननब्बे हजार आठ सय मुल्य बराबरको मोबाइल बरामद गरिएको जनाइएको छ । बरामद गरिएको मोबाइलका साथ प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिररहेको जनाइएको छ । प्रहरीले बरामद गरेको मोबाइलहरु
- I Phone लेखिएको विभिन्न मोडलको मोवाईल थान-२० ।
- 1+ लेखिएको विभिन्न मोडलको मोवाईल थान-२१
- Samsung लेखिएको विभिन्न मोडलको मोवाईल थान-१८ ।
- Oppo लेखिएको विभिन्न मोडलको मोवाईल थान-५ ।
- M लेखिएको विभिन्न मोडलको मोवाईल थान-३ ।
- Readme लेखिएको विभिन्न मोडलको मोवाईल थान-३ ।
- Realme लेखिएको विभिन्न मोडलको मोवाईल थान-५ ।
- Vivo लेखिएको विभिन्न मोडेलको थान-९ ।
- Xiaomi कम्पनीको विभिन्न मोडेलको मोवाईल थान-२ ।
- Narzo लेखिएको विभिन्न मोडलको मोवाईल थान-२ ।
- Poco लेखिएको मोवाईल थान-१ ।