
काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ जना सदस्यहरू मनोनीत गरिएको छ । पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सोमबार पार्टी विधानको धारा ३६ (१०) (ग) बमोजिम सदस्यहरू मनोनीत गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेसको केन्द्रीय नीति तथा प्रतिष्ठान पार्टीको नीति तथा विधान तथा नेता कार्यकर्तामा प्रशिक्षणका लागि का लागि एक महत्वपूर्ण विभाग हो । जसको नेतृत्व पार्टीको उपभापतिले गर्ने व्यवस्था रहेको छ ।
खड्काले नुवाकोट कांग्रेसका नेता तथा प्रजातान्त्रिक विचार संघका संस्थापक अध्यक्ष डा.केदारनरसिंह केसीलाई मनोनित गर्नुभएको छ । उहाँ कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बाजुराका कविराज पण्डित, तनहुँका जगदीशचन्द्र पोखरेल, गुल्मीका छन्दबहादुर पहराई, सिन्धुलीका विजुला वर्मा, नुवाकोटका डा केदारनरसिंह केसी र सोलुखुम्बुकी रिना उप्रेती सदस्यमा मनोनीत भएका छन् ।त्यस्तै, धनुषाका वीरेन्द्र यादव, कास्कीका डा कृष्णप्रसाद पौडेल, झापाका भरत प्रसाई, भक्तपुरका कमल कार्की, सिन्धुपाल्चोकका बलदेव तिमिल्सीना, स्याङ्जाका डोलराज भुसाल, बागलुङका प्रताप पौडेल, जाजरकोटका हजारी नेपाली काठमाडौँका विश्वदिप लामिछाने, रौतहटका नाहिदा परविन, कञ्चनपुरका भवानी पन्त र काठमाडौँका अनार बस्नेतलाई उपसभापति खड्काले प्रतिष्ठानको सदस्यमा मनोनीत गरेका मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।
क्ष्त्एँ