
काठमाडौं । नेपाली राजनीतिले एक आदर्श पुरुष गुमाएको छ । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको निधन भएको छ राजधानीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिवार राती ९.३० बजे उहाको निधन भएको पारिवारिक स्रोतले जनाएका छन् । घाँटीको क्यान्सरको उपचार गरी नेपाल फर्किनु भएका गिरीलाई अकस्मात निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचाररत गिरीको उपचारका लागि कुनै कसर बाँकी थिएन । तर पनि उहालाई बचाउन अस्पताल असफल भयो । गिरीको निधनसँगै सामाजिक सञ्जाल श्रद्धाञ्जलीका शब्दहरुले भरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवादेखि विभिन्न पार्टीका नेता तथा नेपाली कांग्रेसका आम शुभचिन्तकहरुले गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाली कांग्रेस स्रोतका अनुसार गिरीको शवलाई कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि दिउँसो २ बजेसम्म राखिनेछ । त्यस पश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिनेछ ।
खरो विचारका धनी नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । वि.सं. २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै उहा नेपाली कांग्रेसको केन्द्रीय सदस्यदेखि सांसदसम्म बन्नुभयो । मन्त्रीका लागि पटक पटक अफर आएपनि उहाले त्यसलाई त्यति चासो दिनुभएन । गिरीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
लोकतान्त्रिक आन्दोलनका क्रममा वि.सं. २०२५ मा १८ महिना र २०४२ मा करिब एक वर्ष गरी उनी झण्डै चार वर्ष जेल बस्नुभएको थियो । उहाका धेरै पुस्तकहरु प्रकाशित छन् । जसले दर्शसात्रका कुरा सिकाएको छ ।
यसैबीच कांग्रेसले शोक विज्ञप्ति जारी गरेको छ । कांग्रेसले उहाँको निधनबाट नेपाली कांग्रेस स्तब्ध र मर्माहत भएको छ । स्वर्गीय गिरीले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको अतुलनीय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहि रहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दछ ।
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि २०७९ भाद्र ५ गते, आइतबार देहाय बमोजिम समय र स्थानमा राखिने कार्यक्रम रहेको छ ।
- बिहान ९ः०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिर ।
- विहान ११ः३० देखि २ः०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुर ।
- तत् पश्चात अन्तेष्ठिका लागि पशुपति आर्यघाटमा लगिने ।
कृष्णप्रसाद पौडेल