Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोटमा थपियो ईभी गाडीका लागि चार्जिङ स्टेसन

नुवाकोट पुकार १२ कार्तिक २०८१, सोमबार १७:२४

नुवाकोट । विद्युतीय गाडीहरु भित्रिएसँगै नुवाकोट जिल्लामा चार्जिङ स्टेसनहरु धमाधम स्थापना हुन थालेका छन् । यसै क्रममा सोमबार थप एक चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । विदुर ४ बट्टारमा सुर्यशक्ति ईभी चार्जिङ स्टेसन सोमबारबाट सञ्चालनमा आएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभएको चार्जिङ स्टेसन पहिलोपटक व्यक्तिगत लगानीमा निजि क्षेत्रबाट निर्माण गरिएको हो । बट्टारका व्यवसायी शैलेन्द्रकुमार श्रेष्ठले चार्जिङ स्टेसन निर्माण गरेका हुन् ।चार्जिङ स्टेसनको उद्घाटन गर्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जिल्लामा निजि क्षेत्रबाट चार्जिङ स्टेसन खुल्नु आफैमा सुखद रहेको बताए । उनले सरकारको नितिलाई व्यवसायीहरुले साथ दिँदै आएकोले सरोकारवाला निकायले निजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

यस्तै संचालक शैलेन्द्रकुमार श्रेष्ठले पैसाको लागि भन्दा पनि सबैलाई सुविधा दिने हेतुलेृ चार्जिङ स्टेसन निर्माण गरिएको बताए ।चार्जिङ स्टेसनमा विद्युतीय कार र विद्युतीय भ्यान दुबै चार्ज गर्न मिल्ने व्यवस्था मिलाइएको छ । यस्तै विदुरमा र थानसिड. लगायतका स्थानमा पनि चार्जिङ स्टेसन रहेका छन् ।

पछिल्लो समय नुवाकोट जिल्लामा इलेक्टिक ईभी गाडीहरु सञ्चालनमा रहेका छन् । नमस्ते पासाड.ल्हामु यातायात प्रा.लि र टिमुरे यातायात प्रा.लिले सार्वजनिक रुपमा ५० भन्दा बढि ईभी गाडी सञ्चालन गरिरहेका छन् ।

Continue Reading

Previous: प्रधानमन्त्रीलाई उद्योग व्यवसायी महासंघले दियो यस्ता सुझाव
Next: भाइटीकाको साइत ११:३७ बजे

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार