
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ६ मा आँखा शिविर सञ्चालन गरिएको छ । काठमाडौंमा रहेको दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगका स्थानीय समाजसेवी प्रल्हा्रद दाहाल आफ्नो नाती प्रिन्स अधिकारीको जन्म दिनको अवसरमा व्यक्तिगत खर्चमा आयोजना गरिएको शिविरमा झण्डै पाँच सय स्थानीयले आँखाको चेकजाँच गरेका थिए ।
मालिका माविको प्रांगणमा भएको वरमा बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले आफ्नो आँखा चेक गराउँदै शिविरको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उपमेयर दाहालले गाउँमा आँखा शिविर सञ्जालन गरेर अतिनै महत्वपूर्ण कार्य गरेको भन्दै आयोजकलाई धन्यवाद समेत दिनुभएको थियो ।

उहाले निस्वार्थ रुपमा गरिने समाजसेवाले मानिसलाई सँधै अमर राख्ने भन्दै दाहालले गरेको यो कार्यलेपनि उहालाई पछिसम्म सम्झने विश्वास व्यक्त गर्नुभयो । शिविरमा मालिका माविका विद्यार्थीसहित अन्य सर्वसाधराणहरुले पनि आँखा जाँच गराएका थिए । आँखा जाँच गर्दा चम्माको आवश्यक परेका मालिका माविका विद्यार्थीलाई भने निशुल्क चस्मा उपलब्ध गराउने र अरु आँखाका बिरामीलाई औषधी मात्र वितरण गरेको आयोजक प्रल्हा्रद दाहालले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।