
चौघडा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली परम्परा अनुसार तीजको अत्यन्त महत्व रहेको बताउनु भएको छ । तीजका अवसरमा लिखु ४ चौघडामा अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयको प्रांगणमा लिखु उद्यमी तथा सामाजिक संस्था स्थानीय सरोकार समिति र लिखु गाउँपालिकाद्धारा संयुक्त रुपमा आयोेजित कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

प्रमुख अतिथि महतले कार्यक्रमलाई सम्बोधन गर्दै तीजको आफ्नै महत्व रहेको भन्दै वर्त बस्नाले स्वास्थ्यका लागि समेत फाइदा हुने बताउनुभयो । उहाले समय सापेक्ष रुपमा खुशी मनाउँदै आफ्नो भावनालाई प्रकट गर्ने रुपमा उपयोग गर्नु राम्रो कुरा भएको उहाले बताउनुभयो । उहाले भन्नुभयो , यो एउटा अवसर पनि हो । उहाँले गाँउ टोल टोलमा कार्यक्रम हुनु पनि राम्रो कुरा भएको बताउनुभयो । प्रवक्ता डा. महतले नुवाकोटको विकासमा डा. रामशरण महतको ठुलो योगदान रहेको स्मरण गराउँदै अर्थमन्त्री हुँदा विकासको धेरै संरचना खडा गर्नुभएको गर्नुभएको बताउनुभयो ।
विकासका लागि अझ धेरै काम गर्न बाँकी रहेको भन्दै नेता महतले त्यसका लागि काम गर्न आफु तयार रहेको बताउनुभयो । आफ्ना दाजूले अर्थमन्त्री हुँदा बाटो, घाटो, पुल पुलेसा, सडक निर्माण गरेको उल्लेख गर्नुभयो । डा. महतले आफु उर्जा मन्त्री हुँदा अन्धार रहेका गाउँहरुलाई उज्यालो बनाएको समेत दावी गर्नुभयो ।
उहाले अर्को एक प्रशंगमा मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने ढंगले लाग्न पनि नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता रहेको भन्दै यसलाई कसैले पनि गलत रुपमा बुझ्न नहुनेमा पनि जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले तीजको शुभकामना दिँदै तीज पर्वले महिलाहरुलाई उत्साह र उर्जा थप्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश महत, क्षेत्रीय सभापति तथा लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ, प्रदेश सभापति रामजी पौडेल,नेपाली कांग्रेस लिखुका सभापति विनोद पाठक, महिला नेतृ विन्दा अर्याल लगायतका वक्ताहरुले तीजको अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा महिलाहरुले तीजको गीतमा नाचगान समेत गरेका थिए
आगामी मंसिर ४ गते हुनै निर्वाचनमा नुवाकोट १ बाट डां प्रकाशशरण महत निर्वाचन लड्ने चर्चा चलिरहेका बेला डां महत दाजुभाई एउटै मञ्चमा उपस्थित भएर आम नेता कार्यकर्तालाई नयाँ सन्देश दिन खोजिएको देखिएको छ । माओवादीले समेत डा. महतलाई नुवाकोटबाट निर्वाचन लड्न सघाउने ग्रिन सिग्नल दिएसँगै महत आफ्नो तयारीमा लाग्नु भएको कांग्रेस स्रोतको बुझाई रहेको छ । यद्यपि महतले यसबारेमा आफ्नो र्आपचारिक धारणा भने बनाइसक्नु भएको छैन ।