
विदुर । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले मानिसको जीवनमा खेलकुदको महत्व रहेको बताउनु भएको छ । आज नुवाकोटको पिपलटारमा फुटबल क्लबद्वारा आयोजित अन्तर बिधालय स्तरिय पिपलटार कप फुटसल प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दे सो कुरा बताउनु भएको हो ।
नेता केसीले खेलकुदले मानिसको जीवनलाई समेत स्वस्थ राख्न मद्दत गर्ने भन्दै बेला बेला यस्ता प्रतियोगिता आयोजना हुनु सकारात्मक रहेको बताउनुभयो । कार्यक्रमका विशेष अतिथि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विदुर नगरपालिकालाई खेलकुदमय बनाउनका लागि आफुले सक्दो काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकरि बेद प्रसाद अर्याल ,कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहाल ,बिदुर नगरपालिका वडा नम्बर ५ को अध्यक्ष लिलानाथ न्यौपाने लगायतका वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा १४ छात्र टिम र ६ छात्रा टिम गरि २०टिम सहभागी हुने आयोजक संस्थाले जनाएको छ .