
विदुर । निर्वाचयन आयोगको आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता २०७९ नेपाल राजपत्रमा प्रकाशन भएको छ । राजपत्रमा आचारसंहिता प्रकाशन भएसँगै त्यो लागू भएको मानिनेछ । आयोगले भदौ २० गतेपछि तोकिएको मितिदेखि लागू गर्ने गरी प्रकाशित गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनको आचारसंहिता जारी गर्ने गरेको छ ।
आचारसंहितामा दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । आयोगले आचारसंहितामा उम्मेदवारी मनोनयन गर्न जाँदा २५ जनाभन्दा बढिको संख्यामा मानिस लान नपाउने आफ्नो पूर्ववत प्रस्तावलाई नै अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गरेको छ ।
यस्तै जेष्ठ नागरिक, अपाड.गता भएका, अल्पसंख्यक भएका व्यक्तिको भावनामा आँच आउने गरि कुनै पनि सामाग्री प्रचारप्रसार गर्न नपाईने उल्लेख गरेको छ । आयोगले निर्वाचनमा बालबालिका प्रयोगमा पनि निषेध गरेको छ ।
सार्वजनिक आतायातको अवरोध हुनेगरी कुनैै सभा ,जुलस गर्न नपाईने, कसैको स्वीकृत बेगर उसको घरजग्गामा निर्वाचनका प्रचार सामाग्रीको प्रयोग गर्न नपाईने, सामाजिक सञ्जालमा भ्रमपूण र द्धेषपूर्ण प्रचार सामाग्री पोष्ट गर्न नपाईने , समाजिक सञ्जालमा कसैलाई होच्याउने र कसैको समर्थनमा प्रचार गर्न नपाईने लगायतका विषयमा आचारसंहिता जारी गरिएको छ ।
यस्तै आयोगका कर्मचारीहरुको सामाजिक चरित्रमा आँच आउने ढंगले कुनै पनि आरोप लगाउन नपाईने,उम्मेदवारी दर्ता भएपछि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म कुनैपनि उम्मेदवारका विषयमा मत सर्वेक्षण गर्ने र सार्वजनिक गर्न नपाईने कुरालाई पनि आयोगले आचारसंहितामा समेटेको छ । कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्न नपाईने, वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत भएका बाहेक अन्य कार्यक्रम गर्न वा नयाँ नीति तथा कार्यक्रमहरु सञ्चालन गर्न नपाईने लगायतका कुरा आचारसंहितामा उल्लेख गरिएको छ । तर आयोगको स्वीकृतमा भने यस्ता कार्यक्रम गर्न बाधा उत्पन्न नहुने पनि उल्लेख गरिएको छ ।
मतदाता हुनु ४८ घण्टादेखि कुनै पनि किसिमका निर्वाचनका लागि प्रचार प्रसार , गोष्ठी वा निर्वाचनका लागि छलफल वा सामुहि मस्तिष्क मन्थन आदी गर्न नहुने पनि आचार संहितामा उल्लेख गरिएको छ । आयोगको अनुमतिमा मुलुकको प्रतिनिधित्व बाहेक अन्य प्रयोजनका लागि विदेश भ्रमण गर्न नपाईने पनि भनिएको छ ।
संघ प्रदेशमा रहेको आधिकारिक टे्ड युनियनका पदाधिकारीहरुलाई निर्वाचन सम्बन्धि कुनै पनि प्रकारको जिम्मेवारी दिन नपाईने पनि उल्लेख गरिएको छ । निर्वाचनको काम बाहेक कुनै पनि कर्मचारीको सरुवा वा पदस्थापन नहुने पनि आचारसंहितामा उल्लेख गरिएको छ । आयोगले निर्वाचनको प्रयोजनका लागि उम्मेदवारको पक्षमा टोपी झण्डा, टिसर्ट, स्टकिर लगायतका प्रचार सामाग्री लगायत लगाएर प्रचार गर्न नपाइने पनि आचारसंहितामा उल्लेख गरेको छ ।
उम्मेदवारको तोरण बनाएर सार्वजनिक स्थानमा प्रचार प्रसार गर्न नपाईने पनि भनिएको छ । एउटा उम्मेदवारका लागि स्वीकृत गराइएको सवारीसाधन अन्य उम्मेदवार वा व्यक्तिले प्रयोग गर्न नपाउने पनि आचारसंहितामा उल्लेख गरिएको छ । उम्मेदवारले मनोनयन दर्ता गर्दा आफुले गर्ने अनुमानित खर्च र सोको स्रोत पनि खुलाउनु पर्ने भनिएको छ ।
उम्मेदवारले निर्वाचनमा खर्च गर्दा बैंक खाता खोली खाता मार्फत गर्नुपर्ने पनि भनिएको छ । मतदान केन्द्रमा मतदान गर्न जाँदा कुनै नशालू पदाथै सेवन गर्न नपाईने लगायतका कुरा आचारसंहितामा उल्लेख गरिएको छन् । निर्वाचनमा आगामी असोज २ गते समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यसूची रहेको छ