
नुवाकोट । संघ र प्रदेसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवार सिफारिसको क्रम सुरु भएको छ । यसै क्रममा नेपाली कांग्रेस नुवाकोट प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं २ को प्रदेश (क) कार्यसमितिले २१ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभापति बैकुण्ठ पाण्डेको सभापतित्वमा बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको प्रदेश सचिव अच्चुत रिजालले नुवाकोट पुकार डटकमलाई जानकारी दिए ।
प्रदेश कार्यसमतिले प्रत्यक्षतर्फ २१ जनाको नाम सिफारिश गरेको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नाम सिफारिस भएकाहरुमा नेपाली कांग्रेस नुवाकोटका निर्वतमान सभापति जगदीश्वरनरसिंह केसी, सभापति रमेश महत, पुर्व सभापति धुव्र अधिकारी, जिल्ला उपसभापति राजु थापा, प्रदेश सभापति बैकुण्ठ बहादुर पाण्डे, चोकराज शाक्य, हरिकृष्ण श्रेष्ठ र यादव प्रसाद नेपाल,जयराम दाहाल, श्यामराज पाण्डे, प्रतापसिंह लामा, मोहन वहादुर खड्का, प्रदिप कुमार सेढाई, कृष्ण वहादुर अधिकारी, विष्णुराज नेपाल, गोविन्द अर्याल, अर्जुन कुमार नेपाल, कमेन्द्र थिङ, सुनिमा तामाङ, तारावहादुर कार्की र बेलकोटगढीका नगरसभापति लेखनाथ मुडवरीको नाम सिफारिस गरिएको छ । यस्तै समानुपातिकतर्फ १५ जना सिफारिस भएका छन ।
जसमा बद्री प्रसाद मुडवरी, बिन्दा थापा मगर, श्रीराम श्रेष्ठ, गिता अमात्य, प्रकाश राई, दिपक लामा, अक्कल वहादुर ढुङगाना, हिरा पाण्डे, राजेन्द्र चित्रकार। लक्ष्मण श्रेष्ठ, अञ्जली पाण्डे, बवि रिमाल, भोजवहादुर रिमाल, सुर्दशन नेपाली र कृष्ण प्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।
बैठकले सर्वसहमत निर्णय प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेद्धवारहरुको नामावली क्षेत्रिय समितिमा पठाउने निर्णय गरेको छ । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ को क्षेत्रिय समितिको बैठक शनिवार बस्ने बताइएको छ । प्रदेश कार्यसमितिले सिफारिस गरेका नाममा विगतमा वडा अध्यक्ष देखि मेयरका दावेदारसम्मलाई सिफारिस गरिएको छ ।