
विदुर । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ को प्रदेश (क) ले पनि उम्मेदवार सिफारिस गरेको छ । बिहीबार बसेको प्रदेश कार्यसमितिको बैठकले ४३ जनाको नाम सिफारिस गरेको प्रदेश क का कार्यबाहक सभापति उपेन्द्र दाहालले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले खुला प्रत्यक्ष, महिला, समानुपातिक, जनजाती, जनजाती महिला,खसआर्य गरि ४३ जनाको नाम सिफारिस गरेको छ ।
बैठकले प्रत्यक्षतर्फ पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, प्रमोद रिमाल,महेन्द्र थिड., कृष्ण कुईकेल, रोश्वर अधिकारी, नारायणप्रसाद पाण्डे, रामकृष्ण थापा, गोकर्णराज पण्डित, रामेश्वर थापा,मुकुन्द प्रसाद पाण्डे, माधवराज अधिकारी, संञ्जि गुरुड. रहेका छन् । महिलातर्फ एक मात्र इन्दिरा अधिकारीको नाम सिफारिस गरेको छ ।
यस्तै समानुपातिक खुल्ला तर्फ रमेशकुमार महत, डा. केदारनरसिंह केसी, बैकुण्ठ मिश्र, विषम रिमाल, अच्चुत गुरागाई,निरञ्जन थापा, प्रेमप्रसाद पाठक,बिनोद शाह, हरिबहादुर दुलाल,दिनेश पण्डित, निदेश खनाल,शिवहरि बिष्टलाई सिफारिस गरिएको छ ।
यस्तै खुल्ला महिलामा मञ्जु कुमारी केसी, सिता पराजुली खड्का,उमा आचार्य अप्सरा थापा,अञ्जु आचार्य करुणा पाण्डेलाई सिफारिस गरिएको छ । बैठकले जनजाती पुरुषमा सुर्य बहादुर तामाड., कविराज गुरुड.,नरेश तामाड., दिनेश तामाड.,रामबहादुर डंगोल सुनबहादुर तामाड.लालबहादुर तामाड.लाई सिफारिस गरिएको छ ।
यस्तै जनजाती महिलामा सिर्जना तामाड. र खसआर्यमा सरोज केसी र न्हेमा हेम्पोलाई सिफारिस गरिएको का वा सभापति उपेन्द्र दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।