
विदुर । नेपाली कांग्रेसले मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ । यसैक्रममा नुवाकोट जिल्लाको क्षेत्र न. १ का लागि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई पहिलो नम्बरमा सिफारिस गरिएको छ ।
यस्तै दोस्रो नम्बरमा डा. रामशरण महतलाई सिफारिस गरेको क्षेत्रीय सभापति धुव्र श्रेष्ठले जानकारी दिनुभयो । यस्तै समानुपातिकमा पहिलो नम्बरमा डा. रामशरण महतलाई नै राखिएको छ भने दोस्रो नम्बरमा डा. केदारनरसिंह केसीको नाम सिफारिस गरिएको छ । डा. केसीले आफु नुवाकोट १ बाट प्रत्यक्ष निर्वाचन लड्ने बताउँदै आउनु भएको थियो । केसीलाई क्षेत्रले समानुपातिकको दोस्रो नम्बरमा राखेको छ ।
यस्तै पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीलाई भने प्रदेश कार्यसमितिले प्रदेशका लागि सिफारिस गरेका छन् । समानुपातिकमा कृष्ण वाईवा,प्रकाश गौतम र सिता मिजारको नाम पनि सिफारिस गरिएको छ । नुवाकोट जिल्लाको क्षेत्र नं १ मा डा.प्रकाशशरण महतले निर्वाचन लड्ने चर्चा चलिरहेका बेला महतलाई पहिलो प्राथमिकतामा राखिएको छ ।महत नुवाकोट आउने चर्चाले नेता कार्यकर्ता समेत उत्साहित भएका छन् ।
महत निकट स्रोतले दिएको जानकारी अनुसार डा. महत यस पटक नुवाकोटमा निर्वाचन लड्ने लगभल पक्का जस्तै देखिएको छ । पाँच दलीय गठबन्धनबीच जितेको निर्वाचन क्षेत्र भाग लगाउने भन्दा पनि पार्टीमा सिनियर नेताहरुलाई निर्वाचन क्षेत्र खाली गर्नका लागि प्याकेजमा नै सहमति गर्ने सहमति भए अनुरुप नुवाकोटको दुवै क्षेत्र कांग्रेसले लिने सम्भावना बढि देखिएको छ । डा. प्रकाशशरण महतलाई काठमाडौं ५ ले सर्वसम्वत रुपमा उम्मेदवार सिफारिस गरिसकेको छ । तरम हतको पहिलो रोजाई भने नुवाकोट रहेको उहा निकट स्रोतले बताएको छ ।

कतिपयले कांग्रेसीहरुले दाजु महतलाई निर्वाचन निर्वाचन लड्नका लागि बारम्बार दवाव सिर्जना गर्न थालेको भएपनि उहाले भने निर्वाचन लड्ने मनसाय राख्नु भएको छैन । क्षेत्र नं १ मा भाईलाई छाडेर आफु समानुपातिकमा जाने इच्छा महतको रहेको देखिन्छ । त्यसोत माओवादीभित्र पनि आफूले जितेको हुनाले सो क्षेत्र छाड्न नहुने दवाव बढिरहेको भएपनि हितबहादुर तामाड.लाई समानुपातिकमा र राधिका तामाड.लाई प्रदेशमा लडाउने समभावना रहेको छ । एमालेले भने राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीसँग तालमेल गर्ने तयारी गरेको बुझिएको छ