
विदुर । नेपाली कांग्रेस क्षेत्र नं १ को (ख) प्रदेशले प्रदेशसभा सदस्यका लागि विभिन्न तहमा गरेर २३ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभापति रामजी पौडेलको सभापतित्वमा बसेको बैठकले प्रत्यक्ष, समानुपातिक, जनजाती र महिला गरेर २३ जनाको नाम सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ ।
उम्मेदवार बन्नका लागि ४३ जनाले निवेदन दिएको भएपनि २३ जनाको मात्रै सिफारिस गरिएको पौडेलले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो । उहाले स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकालाई सिफारिस नगरिएको पनि जानकारी दिनुभयो । पौडेलले जारी गर्नुभएको विज्ञप्ति अनुसार प्रत्यक्षमा पार्टी सभापति रमेश महतलाई पहिलो नम्बरमा सिफारिस गरिएको छ । यस्तै दोस्रोमा पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीलाई सिफारिस गरिएको छ ।
तेस्रो नम्बरमा सुकुम्बासी आयोगका अध्यक्ष तथा पूर्व क्षेत्रीय सभापति अर्जुन न्यौपानेलाई सिफारिस गरिएको छ भने चौथोमा पार्टीका जिल्ला सचिव बैकुण्ठ मिश्रको नाम सिफारिस गरिएको छ । यस्तै यदुमान लामा,पशुपतिदेव पाण्डे, र ऋषि कुमार तामाड. र भाग्यश्री लामालाई पनि प्रत्यक्षमा सिफारिस गरिएको छ । यस्तै समानुपातिकमा सभापति रामजी पौडेल,शिव अधिकारी,प्रल्हाद पन्थ,उपेन्द्र मिश्र,राजु कँडेल श्रीराम ढुंगाना, उपेन्द्र कुईकेल र दिपक परियारको नाम सिफारिस गरिएको छ ।
समानुपातिक जनजातीमा कुमार गुरड. विष्णु बहादुर गुरुड.र पुर्णलाल श्रेष्ठको नाम सिफारिस गरिएको छ भने महिलातर्फ भवानी देवकोटा,धनकुमारी थापा (सरु) ,सरस्वती मल्ल र सरिता आचार्यको नाम सिफारिस गरिएको पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । कांग्रेसले विभिन्न आवश्यक भन्दा बढि नाम सिफारिस गरिएकोमा कांग्रेस नेता कार्यकर्ताले समेत विरोध जनाउन थालेका छन् ।