
विदुर । नेपाली कांग्रेस क्षेत्र नं २ ले कांग्रेस केन्द्ीय सदस्य बहादुरसिंह लामासहित अन्य दुई जनाको नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय कार्यसमितिको बैठकले लामासहित राज्यलक्ष्मी पाण्डे श्रेष्ठ र लालीमाया तामाड.को नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फ पहिलो नम्बरमा अर्जुनरसिंह केसी, धुव्र अधिकारी र रुक्मीणि सेढाईको नाम सिफारिस गरेको क्षेत्रीय सचिव नमराज पाण्डेले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो ।


क्षेत्र नं २ मा कांग्रेसका प्रभावशाली नेता अर्जुनरसिंह केसीले आफु प्रत्यक्ष निर्वाचन लड्ने बताइरहेका बेला उहालाई समानुपातिकमा सिफारिस गरिएको छ । यस्तै मेयरका दावेदार रहेका धुव्र अधिकारीलाई पनि समानुपातिकमा सिफारिस गरिएको छ भने प्रत्यक्षमा लामासहित दुई जना महिलालाई सिफारिस गरिएको छ । राज्यलक्ष्मी श्रेष्ठ संविधानसभा सदस्य पनि हुन भने लालीमाया कांग्रेसमा सक्रिय महिला नेत्रृ हुन ।
पार्टीका पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पनि क्षेत्र नं २ बाट निर्वाचन लड्ने बताएपनि उहालाइृ भने कतैपनि सिफारिस गरिएको छैन । क्षेत्रीय समितिले घुमाउँरो पाराले बहादुरसिंह लामालाई बलियो दाबेदारको रुपमा प्रस्तुत गरेको देखिएको छ । विगत दुई पटक समानुपातिकमा निर्वाचन लडेका लामा यस पटक भने प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन् । लामालाई जातीइ रुपमा पनि समर्थन रहेको देखिन्छ । उता डा. प्रकाशशरण महको चर्चा चलेपनि उहालाई भनेक्षेत्रीय समितिले सिफरिस गरेको छैन ।