
विदुर । नेपाली कांग्रेस क्षेत्र नं २ को (ख) प्रदेशले प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रदेश सभापति गणेश लामाको सभापतित्वमा बसेको बैठकले विभिन्न तहमा गरेर प्रदेशसभाका आकांक्षी मध्येबाट १४ जनाको नाम सिफारिस गरेको छ । सभापति गणेश लामाका अनुसार प्रत्यक्षमा पहिलो नम्बरमा क्षेत्रीय सभापति जगत लामाको नाम सिफारिस गरिएको छ । यस्तै प्रत्यक्षमा महाधिवेशन प्रतिनिधि फैसिड. तामाड. र राजकुमार भट्टराईको नाम सिफारिस गरिएको छ ।
समानुपातिकमा चोकराज शाक्य,सुरेन्दराज अधिकारी,श्री सापकोटा,विन्दादेवी अर्याल,शान्ती लामा तामाड.,सुनमाया तामाड. गरबहादुर तामाड.को नाम सिफारिस गरिएको छ । यस्तै समानुपातिकमा हरि श्रेष्ठ,जितेन लामा र कृष्ण नेपालीको पनि नाम सिफारिस गरिएको सभापति लामाले जानकारी दिनुभयो ।
अन्य प्रदेशको तुलनामा क्षेत्र नं २ को ख प्रदेशले भने नाम छाँटकाँट गरेको छ । कांग्रेसले भदौं २० गतेसम्म केन्द्रमा सिफरिस आइपुग्ने गरी नाम सिफारिस गर्न निर्देशन दिएको थियो । पार्टीभित्र नाम सिफारिसका विषयमा भने नेतृत्वमा रहनेप्रति आलोचनाका स्वरहरु सुनिन थालेका छन् । नेतृत्वतहले भने यसलाई सामान्य र स्वभाविक रुपमा लिएको जनाएको छ ।