
नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को हिउँदे घाँसको बिउ खरिद अन्तर्रगत निःशुल्क रुपमा जै घाँसको बिउ वितरण गर्दै, मेयर राजन श्रेष्ठ तस्बिर ः नुवाकोट पुकार डटकम राजन श्रेष्ठ
विदुर । विदुर नगरपालिकाले किसानलाई जै घाँस वितरण गरेको छ नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को हिउँदे घाँसको बिउ खरिद तथा वितरण गर्ने कार्यक्रम अन्तर्गत कात्तिक २१ गतेबाट २६ गतेसम्म घास वितरण गरेको थियो ।
नगरपालिकाले किसानहरुको मागका आधारमा निवेदन प्राप्त गरेसँगै घाँसको विउ वितरण गरेको कृषि शाखा कार्यालयले जनाएको छ । कार्यालयका अधिकृत सुजना अधिकारीले दिनुभएको जानकारी अनुसार २ सय ५० जना कृषकलाई प्रति कृषक ३ केजीका दरले निःशुल्क वितरण गरिएको छ ।
यस्तै ३० वटा निजी फर्मलाई प्रति फर्म ७ केजीका दरले निःशुल्क वितरण गरिएको छ भने ५३ जना कृषकलाई उहाँहको माग अनुसार ८० प्रतिशत अनुदानमा प्रति किसान ५० किलोसम्म वितरण गरिएको छ । प्रतिकेजी स्य रुपयाँ पर्ने उक्त घाँस अन्दानमा लागेलाई पतिकेजी बीस रुपयाँमा वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो ।
यसअघि घासको बिउ वितरणको शुभाररम्भ गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले यसलाई सहि रुपमा सदुपयोग गर्न सके गाईबस्तुका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलसहित नगरपालिकाका कृषि शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । प्राप्त निवेदनका आधारमा बिउ वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
कृषि विज्ञहरुका अनुसार यो एक प्रकारको हिउँदे घाँस हो । यो हिँउदको समयमा पशुहरुलाई ख्वाईने एक उत्तम घाँस मानिन्छ । यो घाँसले तुषारो खप्न सत्तैmन भने गरम र सुख्खा हावापानीमा छिटो छिप्पिन्छ । यो घाँसको खेति तराई देखि उच्च पहाडसम्म गर्न सकिन्छ । खेति गर्नको लागि जमिनको राम्रो खनजोत गर्नु पर्दछ र प्रति हेक्टर २५ टन कम्पोष्ट मल, ६५ किलो युरिया, २०० किलो सुपर फस्फेट र ५० किलो पोटास मलको आवश्यक्ता पर्दछ ।
नेपालमा केन्ट र स्वान गरी २ जातका जै प्रचलित छन । यस घांसको प्रति हेक्टर १२० किलो बीउको आवश्यक्ता पर्दछ । बीउ छर्दा छरुवा वा २५,२५ से.मी फरकको लाईनमा छर्न सकिन्छ । यसलाई भेच, केराउ सँग मिसाएर पनि छर्न सकिन्छ । छर्दा खेरी हिंउद मौसममा आश्विन देखि मार्गको पहिलो हप्ता सम्म छर्न सकिन्छ । छरेको २ महिना पछि पहिलो पटक काट्न सकिन्छ र सिंचाई भएको ठाउँमा ३ पटक सम्म काट्न सकिन्छ । यसबाट सरदर प्रति हेक्टर ६ टन सम्म हरियो घांसको उत्पादन लिन सकिन्छ ।