Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाताहरु सम्मानित

नुवाकोट पुकार १ मंसिर २०८१, शनिबार १२:३०

१ मंसिर, काठमाडौं । सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच नेपाल सरकार अर्थमन्त्रालय अन्र्तरगत आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।

यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ । यस्तै भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।

विभाकका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, बस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेता निर्यातमा कोडावतार प्रालि, कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, बैंक, वित्तीय र बिमातर्फ नविल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पहिलो हुँदै सम्मानित भएका छन् ।

यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट पहिलो भएका छन् । वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएट्ठ एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन् ।

Continue Reading

Previous: काँग्रेस-एमाले गठबन्धन ०८४ सम्म रहन्छ : पूर्व प्रधानमन्त्री देउवा
Next: नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार