Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोटमा थपियो यातायात सेवा, आजबाट त्रिशुली यातायात प्रा.लि को इभी माइक्रो सञ्चालन

नुवाकोट पुकार १ मंसिर २०८१, शनिबार १७:०६

औपचारिक रुपमा आफ्नो कम्पनीमार्फत यातायात सञ्चालनको शुभारम्भ गर्दै त्रिशुली यातायात कम्पनीका अध्यक्ष सन्तोष उप्रेती लगायतका पदाधीकारी तथा व्यवसायीहरु ः तस्बिर, नुवाकोट पुकार

राजधानीसँग नजिक रहेको नुवाकोट र रसुवा जिल्लामा चल्ने यातायात सेवाहरु थप बिस्तार हुँदै गएका छन् । लामो समयदेखि एकलौटी रुपमा यातायात सेवा सञ्चालन गर्दै आएको पासाड.ल्हामु यातायात सेवा प्रा.लि र टिमुरे यातायात सेवा प्रालि बाहेक अब फेरि अर्को एक कम्पनीले पनि नुवाकोट र रसुवाका लागि यायातायात सेवा सञ्चालन सुरु गरेका छन् ।

नुवाकोट जिल्लाका प्रतिष्ठित व्यवसायीहरु नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, निर्माण व्यवसायी सामाग्री संघका अध्यक्ष नविनराज राजभण्डारी, सफल पुस्तक तथा स्टेशनसरी व्यवसायी रोशनशाह सहित अन्य व्यवसायी सम्मिलित त्रिशुली यातायात प्रा.लि.ले आज मंसिर १ गते बाट नुवाकोटका लागि यातायात सेवा सुरु को छ । सानो खालको इभी माइक्रो बसमार्फत सो सेवा सञ्चालन गरेको त्रिशुली यातायात प्रा.लिका अध्यक्ष सन्तोष उप्रेतील नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

अध्यक्ष सन्तोष उप्रेतीले आफूहरुको उदेश्य नुवाकोट जिल्लाको गाउँ गाउँसम्म सेवा विस्तार गर्ने र सबै सर्वसाधारणलाई यातायातको पहुँचसम्म पुर्याउने लक्ष्य रहेको बताए । उनले लोकतान्त्रिक व्यवस्थापमा प्रतिस्पर्धात्मक रुपमा व्यापार, व्यवसाय वा यातायात सञ्चालन भएमात्र जनताले सहज रुपमा सुविधा पाउने विश्वास व्यक्त गरे । कम्पनीले हाल नुवाकोटमा कायम भएको भाडादरमा केही समायोजन गरेर आफूहरुले सेवा प्रदान गर्ने तयारी गरिरहेको पनि अध्यक्ष उप्रेतीले जानकारी दिए । यद्यपि उनले कति भाडा समायोजना हुने बारे भने खुलाएका छैनन् । उनले अन्य यातायात कम्पनीसँग मिलेर काम गर्ने विश्वस व्यक्त गरेका छन् ।

कम्पनीका कोषाध्यक्ष रोशन शाहका अनुसार पहिलो चरणमा कम्पनीले काठमाडौं – त्रिशुलीका लागि १० वटा मिनि इभी माइक्रो सञ्चालन गरेको छ । यस्तै कम्पनीले एक मिहनाभित्र नुवाकोट जिल्लाको ग्रामिण भेग र रसुवा जिल्लाको सदरमुकाम धुन्चेदेखि अन्य विभिन्न क्षेत्रसम्म सेवा सञ्चालन गर्ने जनाएको छ ।

हाल नुवाकोटमा इभी माइक्रोले काठमाडौं – त्रिशुलीको भाडा ३३० लिने गरेको छ भने बस तथा माइक्रोले ३६० सम्म लिने गरेका छन् । उक्त कम्पनीले भने अझ केही सस्तो गर्ने मनसाय व्यक्त गरेको छ ।

पछिल्लो नुवाकोट जिल्लाका क्रमश ः ठूला बसहरु हट्दै सानाखाले सवारीसाधन सञ्चालन हुन थालेका छन् । छहरे – टोखा सडक पूर्ण रुपमा कालोपत्र भएसँगै यातायात सञ्चालनका लागि सहज भएको छ । जसले गर्दा साना खालका सवारीसाधनहरु बढी आकर्षक हुँदै आएको छ । यात्रूहरु पनि ठुला बसमा भन्दा यस्ता खाले साना खालका सवारी साधनमा यात्रा गर्न रुचाउने गरेको एक यातायात व्यवसायीले नुवाकोट पुकारलाई बताए ।

Continue Reading

Previous: मंसिर १६ उपनिर्वाचन ः भोलि उम्मेदवारको मनोनयनदेखि उम्मेदवार छनोटसम्म, आचारसंहिता पनि भोलिबाटै लागू
Next: उपनिर्वाचन ः किर्तिपुरमा कांग्रेसबाट डंगोल उम्मेदवार बन्ने

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार