
ककनी ,नुवाकोट । यहि मंसिर १६ गते नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं २ मा हुन लागेको वडाध्यक्ष पदको उपनिर्वाचनका लागि प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्ण मिघिरे(मिलन) ले मनोनयन दर्ता गराएका छन् ।
आइतबार निर्वाचन कार्यालयमा पुगी माओवादी केन्द्रको तर्फबाट घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन । नारा जुलुससहित माओवादीका नेता कार्यकर्ताहरु मनोनयन दर्ता गराउन पुगेका थिए ।

माओवादी पोलिब्यूरो सदस्य हितबहादुर तामाड., केन्द्रीय सदस्य बिमला सुवेदी, बागतमी प्रदेशकी पूर्व उपसभामुख तथा माओवादी नेतृ राधिका तामाड., माओवादी जिल्ला अध्यक्ष,पुष्प घिमिरे,पार्टी नेता हिरानाथ खतिवडासहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उम्मेदवारी दर्तासँगै माओवादीले पनि कोणसभा आयोजना गरेको थियो । कोणसभामा पार्टीका नेता हितबहादुर तामाड.ले सक्षिप्त सम्बोधन गर्दै जनताको पार्टी माओवादी मात्र भएको भन्दै यस पटक ककनी २ का जनताले माओवादीलाई जिताउने विश्वस व्यक्त गरेका थिए ।

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित वडाअध्यक्षको निधन भएपछि ककनी २ मा वडा अध्यक्ष पद रिक्त भएको थियो। उक्त वडामा गत निर्वाचनमा कुल मतदाता ३२२४ रहेकोमा हाल त्यसमा ५ सय मतदाता थप भएको बताइएको छ ।