
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत उल्लेखनीय योगदान गर्दै, नेपालका ५१ वटा ग्रामीण, दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूमा “न्यानो नानी” परियोजनामार्फत बेबी वार्मर मेसिनको पहुँच पुर्याएकोमा डा. महावीर पुनद्वारा प्रर्वदित राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंक लिमिटेडलाई सम्मानित गरेको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. महावीर पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई बैंकले पु¥याएको अतुलनीय योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै विशेष सम्मान–पत्र प्रदान गर्नुभएको ज्योति विकास बैंकले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
विगत ४ वर्ष देखि निरन्तर चलिरहेको “न्यानो नानी” परियोजनामार्फत राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित न्यानो नानी – बेबी वार्मर मेसिनहरु निर्माण तथा आवश्यकता भएका स्वास्थ्य केन्द्रहरुमा जडानका लागि बैंकले वित्तीय सहयोग र बैंकका शाखा कार्यालयहरुको पहल र सहकार्यमा हालसम्म ५१ वटा बेबी वार्मर मेसिन जडान गरिसकेको छ । देशका थुप्रै ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रहरूमा बच्चाहरूलाई न्यानो राख्न परम्परागत शैलीमा कोइला र काठ जलाउने जस्ता उपायहरू अपनाइन्छन्, जसले बालबालिकाको स्वास्थ्यलाई थप हानी पु¥याउने जोखिम बढाउँछ ।
नेपालको स्वास्थ्य परिवेश, विशेष गरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सो को कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्वपूर्ण उपकरण स्वास्थ्य संस्थाहरुमा प्रदान गर्ने यस परियोजनालाई बैंकले भविष्यमा समेत निरन्तरता प्रदान गर्नेछ।स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहल मार्फत प्रदान गरिएका ५१ वटा बेबी वार्मर उपकरणहरुले हरेक वर्ष करिब १८८७ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको बैकले जारी गरेको विज्ञप्तिा उल्लेख छ ।
एउटा बेबी वार्मरले हरेक वर्ष ३७ वटा नवजात शिशुको जीवन रक्षा गर्नमा मद्दत गर्छ । यस्ता जीवन रक्षण गर्ने अति संवेदनशील क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक नविनतम परिवर्तनको बीजारोपण गरेको छ । नवजात शिशु मृत्युदरका विभिन्न कारणहरु मध्ये अल्पताप (हाइपोथर्मिया) एक प्रमुख कारण हो ।
विशेष गरी ग्रामीण तथा पहुंच नपुगेका क्षेत्रमा अल्पतापको विद्यमानता उच्च रहेको छ । “न्यानो नानी” बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न, विशेष गरी निरन्तर नर्सिङ सहयोग आवश्यक पर्ने गम्भीर रुपमा बिरामी शिशु तथा चिसो वातावरणमा उपचार भइरहेका शिशुलाई हाइपोथर्मियाबाट हुनबाट जोगाउन उपयोग हुने अत्यधिक प्रभावकारी चिकित्सा उपकरण हो । यसै सन्दर्भमा, डा. महावीर पुनद्वारा प्रवर्द्धिधत राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै “न्यानो नानी” बेबी वार्मर उत्पादन गर्दै आएको छ । यो उपकरण विदेशबाट आयात गरिएका बेबी वार्मरको तुलनामा ५०% कम लागतमा निर्माण भइरहेको छ । बैंकले यस परियोजनामार्फत स्वास्थ्य क्षेत्रमा जीवनरक्षक उपकरण प्रदान गर्नुका साथै नेपालमै रहेका युवाहरूको सीपलाई उजागर गर्न र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण प्रयास गरेको छ ।ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत कोशी प्रदेशका १३, मधेश प्रदेशका ६, बागमती प्रदेशका १०, गण्डकी प्रदेशका ६, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ७, र सुदूरपश्चिम प्रदेशका २ वटा विभिन्न सरकारी र सामुदायिक अस्पताल तथा बर्थिङ सेन्टरहरुमा “न्यानो नानी” बेबी वार्मर मेसिन जडान गरेको छ । साथै, यी विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम प्रदान गर्न, उपकरण जडान तथा त्यसको उच्चतम सदुपयोग सुनिश्चित गर्न बैंकले विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ ।
बैंकले बेबी वार्मर मेसिन प्रदान गरेका स्वास्थ्य केन्द्रहरूको विवरण
क्र. सं. अस्पताल÷ स्वास्थ्य केन्द्र जिल्ला प्रदेश
१ आम्दा अस्पताल झापा कोशी प्रदेश
२ खोटाङ जिल्ला अस्पताल खोटाङ
३ इनरुवा अस्पताल सुनसरी
४ चिउरीडाँडा स्वास्थ्य चौकी खोटाङ
५ बाक्सिला स्वास्थ्य चौकी खोटाङ
६ ओखलढुंगा सामुदायिक अस्पताल ओखलढुंगा
७ इलाम जिल्ला अस्पताल इलाम
८ नेपाल परिवार नियोजन संघ–परिवार स्वास्थ्य केन्द्र सुनसरी
९ स्वास्थ्य चौकी साउने उदयपुर
१० प्राथमिक स्वास्थ्य केन्द्र–मेचीनगर झापा
११ बेलहारा स्वास्थ्य चौकी धनकुटा
१२ प्राथमिक स्वास्थ्य केन्द्र तेह्रथुम
१३ स्वास्थ्य चौकी याङनाम–फिदिम पाँचथर
१४ प्राथमिक स्वास्थ्य केन्द्र महोत्तरी मधेश प्रदेश
१५ लिपानिबिर्ता स्वास्थ्य चौकी परवानीपुर
१६ चन्द्रनिगाहपुर अस्पताल चन्द्रनिगाहपुर
१७ फेटा स्वास्थ्य चौकी बारा
१८ प्राथमिक स्वास्थ्य केन्द्र–जीतपुर बारा
१९ रतनपुरी स्वास्थ्य चौकी बारा
२० सामरी स्वास्थ्य चौकी नुवाकोट बागमती प्रदेश
२१ हेटौडा अस्पताल हेटौडा
२२ बेतिनी सामुदायिक स्वास्थ्य चौकी फापरबारी
२३ कल्पवृक्ष स्वास्थ्य चौकी सिन्धुली
२४ देउराली प्राथमिक स्वास्थ्य केन्द्र नुवाकोट
२५ खैरहनी नगर अस्पताल चितवन
२६ बघौडा अस्पताल चितवन
२७ खड्गभञ्ज्याङ स्वास्थ्य चौकी नुवाकोट
२८ महाकाली स्वास्थ्य चौकी नुवाकोट
२९ नेत्रावती डबजोङ अस्पताल धादिङ
३० मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर गण्डकी प्रदेश
३१ बेनी अस्पताल म्याग्दी
३२ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बाग्लुङ
३३ शिशुवा अस्पताल कास्की
३४ थर्पु स्वास्थ्य चौकी तनहुँ
३५ आँबुखैरेनी अस्पताल तनहुँ
३६ कपिलवस्तु सामुदायिक अस्पताल कपिलवस्तु लुम्बिनी प्रदेश
३७ प्युठान जिल्ला अस्पताल प्युठान
३८ भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र प्युठान
३९ महादेवपुरी स्वास्थ्य चौकी बाँके
४० बर्दिया जिल्ला अस्पताल बर्दिया
४१ सिसहनिया स्वास्थ्य चौकी दाङ
४२ हर्नैया स्वास्थ्य चौकी रुपन्देही
४३ स्वास्थ्य सेवा कार्यालय जाजरकोट कर्णाली प्रदेश
४४ जर्बुटा स्वास्थ्य चौकी सुर्खेत
४५ विराट स्वास्थ्य चौकी जुम्ला
४६ डुङ्गेश्वर आधारभूत स्वास्थ्य तथा सरसफाइ सेवा केन्द्र दैलेख
४७ चिल्खाया स्वास्थ्य चौकी कालिकोट
४८ गुम स्वास्थ्य चौकी मुगु
४९ लाँकुरी स्वास्थ्य चौकी दैलेख
५० महाकाली अञ्चल अस्पताल कञ्चनपुर सुदूरपश्चिम प्रदेश
५१ दोधारा प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुर