
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको हो । बुद्ध यएरको विमानमार्फत काठमाडौं ल्याएका लामिछानेलाई विमानस्थलभित्र बाटै गाडीमा राखि लगिएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगी ठगी गरेको भन्ने मुद्दामा बयान र अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई काठमाडौं ल्याएको हो ।
काठमाडौंमा बयान र अनुसन्धान सकेर लामिछानेलाई पुनः पोखरा लगिनेछ । यसअघि २ मंसिरमा सो सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले लामिछानेसँगै अन्यका विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।