Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

राष्ट्रिय वाणिज्य बैङ्क अग्रणी बैङ्क बन्नुपर्छ : अर्थमन्त्री पौडेल

नुवाकोट पुकार १५ मंसिर २०८१, शनिबार १९:५२

रुपन्देही, मंसिर १५ गते । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैङ्कलाई एक नम्बरको बैङ्क बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै अर्थमन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुरालाई रूपान्तरण गरी अग्रणी बैङ्क बनाउनुपर्नेमा जोड दिनुभयो ।  

उहाँले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैङ्कले प्रवाह गर्ने सेवा र दिने सुविधालाई समयसापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्नेगरी कार्य गर्न बैङ्क व्यवस्थापनलाई अनुरोध गर्नुभयो । 

सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैङ्कले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रित गरेर सेवाग्राहीको बढी रुचाइएको बैङ्क बनाउन आग्रह गर्नुभएको हो । 

कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले ब्याजदरमा अहिले भइरहेको एकल अङ्कको ब्याजदर लाई स्थिर बनाउन आवश्यक रहेको बताउनुभयो । लिने समयमा एकल अङ्कको ब्याजदर भए पनि समयसँगै बढ्दै जाने विगतको अभ्यासले आफूहरूलाई सदैव झकझकाइ रहेको बताउनुभयो । 

उहाँले बैङ्कले सेवा क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेका कारण आफूहरूमा आशाको सुरुवात गराएको भन्दै ब्याजदरमा उद्योगी व्यवसायीलाई सुनिश्चितता भए ढुक्कसँग लगानी गर्न आफूहरू तयार रहेको तर्क गर्नुभयो । 

यसैगरी कार्यक्रममा बुटवल उपमहानगरपालिकाको वडा नं. ४ का वडा अध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरू पार गर्न राष्ट्रिय वाणिज्य बैङ्कले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय सरकारको हैसियतले बैङ्कलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैङ्कको सेवा प्रवाहमा सुधारको सुरुवात भइरहेकोप्रति खुसी व्यक्त गर्नुभयो । सरकार र निजी क्षेत्रबिचको खाडल न्यूनतम बनाउन वाणिज्य बैङ्कले काम गर्ने समय आएको बताउनुभयो । सेवाग्राहीले चाहेकोजस्तो सेवा प्रवाह गर्न सके सेवाग्राहीको प्यारो बैङ्क बन्नेमा कसैको दुईमत नरहेको तर्क गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरू प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम व्यवसाय, निर्माण, नवीकरणीय ऊर्जा लगायतका विषयगत क्षेत्र तयारी गर्ने गरी लगानी गरिरहेको बताउनुभयो । 

सहज, छिटो छरितो र सेवाग्राही केन्द्रित सेवा प्रवाहमा आफूहरू सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैङ्कका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दाबी गर्नुभयो । 

उहाँले लघुउद्यम, किसानसँग वाणिज्य बैङ्कजस्ता कार्यक्रमसँगै वित्तीय पहुँचको विस्तारका लागि शाखा विस्तारलाई तीव्रतासाथ अगाडि बढाएको बताउनुभयो । सबैको साथ सहयोग र सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको भन्दै उहाँले समग्र अर्थतन्त्र सुधारमा सहयोग पुग्नेगरी आफूहरूले कार्यक्रमहरू अगाडि बढाएको जिकिर गर्नुभयो । 

यसैगरी कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैङ्कले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, ऊर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताउनुभयो । 

उहाँले वित्तीय साक्षरता, सामाजिक सामुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग वाणिज्य बैङ्कको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताउनुभयो । प्रतिस्पर्धी बजारको मागअनुसार बैङ्कले सेवा र सुविधालाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी बैङ्कले आफ्नो कार्यलाई परिमार्जित रूपमा अगाडि बढाएको बताउनुभयो । 

साझा प्रतिबद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैङ्कलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैङ्क उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्नुभयो । देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बाबजुद बैङ्कले आफ्ना सूचकलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरण गराउनुभयो । 

Continue Reading

Previous: कम्प्युटर एशोसिएसन अफ नेपाल नुवाकोटको अध्यक्षमा घले
Next: उपनिर्वाचन: ७ बजेबाट मतदान सुरु, अपराह्न ५ बजेसम्म मतदान जारी

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार