
विदुर । विदुर खानेपानी सरसफाई तथा उपभोत्ता समितिको निर्वाचनमा उपाध्यक्ष बाहेक अधिकांश पदमा संजीव श्रेष्ठको प्यानल नै विजयी भएको छ । शुक्रवार बिहान सम्पन्न भएको मतगणनमा श्रेष्ठको प्यानलले भारी मतकासाथ बिजयी हासिल गरेको छ ।
श्रेष्ठले अध्यक्षमा १२७१ मत प्राप्त गर्दै बिजयी बनेका हुन भने उनका प्रतिद्धन्द्धी पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता छत्रराज डंगोलले ९४७ मत प्राप्त गरेका गरेका छन् । सन्जिव बहादुर श्रेष्ठ नेकपा एमालेको विदुर नगरपालिका इन्चार्ज समेत हुन । यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार नवराज न्यौपाने विजयी भएका छन् ।

उनले ९८३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिदन्द्धी राप्रपाका महेश कुमार डगोलले ९४५ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा स्वतन्त्र उम्मेद्धवारी दिएका मुरारी नेपालले २२७ मत पाए । सचिवमा एमाले एमालेको समर्थनमा उम्मेदवा बनेका राजेन्द्र पाण्डे १२६४ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्धन्दी समाजवादीका नरेश डंगोलले ८७४ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्षमा अम्बिका चित्रकारले ११८८ मत ल्याएर विजयी भइन् भने उनको प्रतिदन्दी रविता भट्टले ९२४ मत प्राप्त गरिन ।महिला सदस्यमा विजयी भएका विष्णुमाया डंगोलले ११६७ र सिता अधिकारीले १०९९ मत प्राप्त गरे ।
यस्तै पराजित शान्ति श्रेष्ठले ९१० र शुशिला पौडेलले ८९४ मत पाए । यस्तै सदस्यमा कृष्ण प्रसाद भट्टले ११३९, दिपक तिम्सिनाले ११०३ र लव प्रसाद न्यौपानेले १०३३ मत प्राप्त गरेर विजयी भए । गठबन्धनका उम्मेद्धवार रामजी भट्ट ९३३, राजेन्द्र सापकोटा ८६१ र पदमकान्त न्यौपानेले ८११ मत प्राप्त गरे ।
यस्तै सदस्यमा स्वतन्त्र उम्मेद्धवारी दिएका विमल खड्काले एकसय ८२ मत प्राप्त गरे । खानेपानीको चुनावमा सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा लगायत एकै प्यानल बनाएर मैदानमा उत्रिएका थिए भने एमाले र राप्रपाबीच गठबन्धन बनेको थियो । तर राप्रपाका उम्मेदवार भने पराजित हुन पुगे । विदुर खानेपानी सरसफाई तथा उपभोत्ता समितिले विदुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ९ मा खानेपानी वितरणमा संस्थाले काम गर्दै आएको छ ।
पानीको समिति बनाउने बेला दलहरुबीच जसरी राजनीति हुने गरेको छ तयसरी ससमितिले काम गर्ने हो भने विदुरको खानेपानीको समस्या दीर्धकालिन रुपमा समाधान हुने उपभोक्ताहरुले बताउने गरेका छन् । यसैबीच नबनिर्वाचित अध्यक्ष संजीव श्रेष्ठको खानेपानीको दिर्घकालिन समस्या समाधानका लागि आफ्नो टिप दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।