
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैध लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार मंसिर १८ गते अपराह्न लिखु गाउँपालिका वडा नं १ ढिकुरेस्थित सडक खण्डमा चेकजाँचका क्रममा लागू औषधसहित दुई जनालई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटकासूचना अधिकारी तिलक भारतीले जारी गर्नुभएको प्रेस नोटमा जनाइएको छ ।
प्रहरीले जारी गरको प्रेस नोट अनुसार इलाका प्रहरी कार्यालय ढिकुरे नुवाकोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट ढिकुरे तर्फ आउदै गरेको बा.प्र.०१,००५ ख ९५७४ नम्बरको बस बसमा सवार जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.२ बस्ने अन्दाजी २३ वर्षीय सन्दिप पाण्डेको साथबाट उक्त लागू औषध बरामद गरिएको हो ।
उनले बेकेको झोला चेकजाँच गर्दा झोला भित्र ३ वटा प्लाष्टिकको झोलाहरू भित्र प्रतिबन्धित औषधीजन्य लागऔषध Diazepam Injection I.P. एक थान ८६ ,Buprenorphin Injection I.P. थान-८९ र Promephazing Injection I.P. थान-८६ फेला परेको जनाइएको छ । यस्तै उनको बयानका आधारमा बिदुर नगरपालिका वडा नं ०२ राज कुमार रिमाललाई समेत फक्राउ गरि अदालतबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जनाइएको ।