Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नुवाकोटमा पनि मनाईयो

नुवाकोट पुकार १९ मंसिर २०८१, बुधबार ११:२५

देवीघाट । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा नुवाकोटमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । यसै क्रममा नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्था नुवाकोटको आयोजनामा विदुर नगरपालिका वडा नं ५ देवीघाटमा एक कार्यक्रमको आयोजना गर्दै सो दिवस मनाइएको छ ।

बागमती प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश कुमार महतको प्रमुख अतिथ्यता भएको कार्यक्रममा नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थाका अध्यक्ष भरतप्रसाद दाहालले सभापतित्व गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि महतले अपाङ्गता भएकाहरुको संरक्षण र हितका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले अपांड्डगता भएकाहरुलाई सरकारले विभिन्न प्रकारका तालिमहरु सञ्चालन गर्दै आएको भन्दै आफूले पनि यसको लागि सहयोग गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेसका उपसभापति राजु थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष खालको तालिमको व्यवस्था गरी स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा देवीघाट जेष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष विष्णु नेपाल ,प्रकाश जंग संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकार, देवीघाट जाल्पा क्लबका अध्यक्ष नवीन चित्रकार लगायत भजनी टोलीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष भरत दाहालले संस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले नुवाकोट जिल्लामा अपांगता भएका व्यक्तिहरु धेरै पनि उनीहरुका विषयमा स्थानीय सरकारले कुनै चासो नदिएको भन्दै गुनासो समेत गर्नुभयो । सो अवसरमा रेसलर नेपाली ब्रोले पनि संस्थालाई सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

Continue Reading

Previous: ढिकुरेबाट लागु औषधसहित २ जना पक्राउ
Next: बिआरआईबाट नेपालले लाभ लिने छ : प्रधानमन्त्री

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार