
विदुर । नुवाकोटको किस्पाङ १ भाल्चेमा एकै घरका तीनजना पासो लगाएको अबस्थामा मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा २४ वर्षिय चिन्दी माया तामाङ (आमा) ६ वर्षिय रोसन घले र ३ वर्षिय रोमन घले (छोराहरु) रहेका छन् ।
आज बिहान आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, उनको पाँच वर्षीय छोरा रोशन घले र तीन वर्षको छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
घटनास्थललाई प्रहरी चौकी फिकुरीले सिल गरेको छ भने जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोलि घटना स्थलतर्फ गैसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।