
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको पार्टीको बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्यहरू मनोनयन गर्नुभएको छ ।
सभापति देउवाले विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. जीवन राना प्रमुख रहनु भएको नेपाली कांग्रेस बालबालिका तथा किशोर किशोरी समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
विभागमाअमनोनित हुनुहुनेमा लक्ष्मी ठाकुर, सुनसरी, योगमाया गिरी, इलाम, निर्मल घिसिङ, रामेछाप, चन्द्र गुरुङ, कास्की, खलिल खाँ, बाँके, रूपा वि.क. रूपन्देही,सुशिला बम, कालिकोट, यादवकृष्ण चौधरी, बारा हरि अधिकारी, कञ्चनपुर,भागिरथि विष्ट, कञ्चनपुर रहनु भएको छ ।
कृष्णप्रसाद पौडेल
