एसईईको पूरक परीक्षा असार १ देखि

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २८, सोमबार २२:०२

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असारमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नजिता सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते सोमबारदेखि हुने जनाएको छ । परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ । 

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *