
विदुर । माधव नेपालले नेतृत्व गरेको एकिकृत समाजवादी पार्टीले नुवाकोट जिल्लामा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गरेको छ । समाजवादीले मंसिर ४ गतेको निर्वाचनका लागि क्षेत्र क्षेत्र १ का लागि राजेन्द्रप्रकाश लोहनी र क्षेत्र नम्बर २ को लागि सुर्य कँडेलको नाम सिफारिस गरेको छ ।
एकिकृत समाजवादी नुवाकोटको सचिवालय बैठकले लोहनी र कँडेललाई सर्वसम्वत रुपमा सिफारिस गरेको जिल्ला अध्यक्ष गोविन्द नेपालीले जानकारी दिनुभयो । लोहनी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं नुवाकोटका इन्चार्ज हुनुहुन्छ । लोहनी २०५६ को आमनिर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट विजयी हुनुभएको थियो । यस्तै क्षेत्र नम्बर १ को समानुपातिकतर्फ श्रीकृष्ण खतिवडा र जितवहादुर वलामीको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश १ (क) को प्रत्यक्षतर्फ केपी लामिछाने, बालकृष्ण आचार्य, राजेश थापा, राम थापा, अर्जुन श्रेष्ठ लाई सिफारिस गरिएको छ ।
प्रदेश (ख) तर्फ अच्युत पाण्डे, हरि गिरि, राममणी अधिकारी, शिवकुमार लामा, रामशरण भण्डारी र जगदीश पाठकको नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र नम्बर १ को प्रदेश (क) समानुपातिक तर्फ सिताराम थापा, अन्जु तामाङ्ग, सानुमाया तामाङ्गको नाम सिफारिस गरिएको छ भने प्रदेश (ख) मा शान्ताथापा अधिकारी, नारायण गुरुङ , शिव कुमार लामा, राजेन्द्र सुनार, हरि तामाङ्गको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नम्बर २ को समानुपातिकतर्फ गोबिन्द नेपाली, रामकुमार बस्नेत, धनकुमारी रिजाल र सुब्बा तामाङ्गको नाम सिफारिस गरिएको छ ।
यस्तै क्षेत्र नम्बर २ को (क) प्रदेशमा राजु सडौला, सज्जन श्रेष्ठ, डा.शंकर खतिवडा, र प्रदेश (ख) तर्फ यमकुमार खाती र रामप्रसाद रिमाललाई सिफारिस गरिएको सचिवालयले जनाएको छ । यस्तै क्षेत्र २ को प्रदेश (क) को समानुपातिकतर्फ उत्तम श्रेष्ठ, उपेन्द्र खनाल, नारायण नेपाल, सुजना खतिवडालाई सिफिारिस गरिएको छ । प्रदेश (ख) मा राममणी अधिकारी, पाल्तेन तामाङको ना सिफारिस गरिएको समाजवादीले जनाएको छ ।
पाँच दलीय गठबन्धनमा रहेको समाजवादीले नुवाकोटमा एउटा प्रदेशको दावी गरेको छ । नेपाली कांग्रेसले २ संघीय निर्वाचन क्षेत्र र १ प्रदेशमा दावी गरेको छ । तर माओवादीले भने क्षेत्र नं १ आफूले पाउनुपर्ने भन्दै सहमति गरेको छैन । यद्यपि नेपाली कांग्रेसका नेताहरुले भने नुवाकोटको दुवै निर्वाचन क्षेत्र कांग्रेसले पाउनेगरी सहमति हुने बताउँदै आएका छन् । कांग्रेसले वुवै क्षेत्र पाए १ मा डा. प्रकाशशरण महत र २ मा अर्जुननरसिंह केसी वा बहादुरसिंह लामा मध्ये एकजना निर्वाचन लड्ने बुझिएको छ