
बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालको प्रमुख उपस्थितिमा करिब एक दर्जन अपाड्.गता भएकाहरुलाई परिचयपत्र वितरण गर्ने क्रममा
दुईपिपल , जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं५ ले वडामा रहेका अपाड.्गता भएकाहरुलाई परिचयपत्र वितरण गरेको छ । बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहालको प्रमुख उपस्थितिमा करिब एक दर्जन अपाड्.गता भएकाहरुलाई परिचयपत्र वितरण गरिएको वडा अध्यक्ष मदन भुजेलले जानकारी दिनुभयो ।
वडा अध्यक्ष भुजेलका अनुसार त्रिशुली अस्पतालबाट डाक्टर बोलाई चेक जाँच पश्चात अपाड्.गता कार्ड बितरण वितरण गरिएको हो । उक्त अवसरमा उप प्रमुख दाहालले उपड्.गता परिचयपत्र वितरण गर्नुभएको थियो । सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत, बडा अध्यक्ष कार्यपालिका सदस्य,महिला शखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । सरकारले अपाड्गता भएका व्यक्तिहरुलाई तीन भागमा विभाजित गरेको छ ।
रातो, पहेलो र हरियो कार्ड वितरण हुँदै आएको छ । रातो कार्ड पाउनेले भने सरकारी सुविधा बढि पाउने गरेका छन् । आफ्नै गाउँमा परिचयपत्र बनाउन पाएपछि स्थानीय भने दंग परेका छन् । उनीहरुले स्थानीय सरकार गाउँमा आएको अनुभव भएको समेत बताएक