
३० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न अध्ययन संस्थान र संकायमा गरी आठ डीन नियुक्त गरेको छ।शनिबार बसेको परिषद्को बैठकले डीनहरू नियुक्त गर्ने निर्णय गरेको रेक्टर खड्ग केसीले जानकारी दिए।
नियुक्ति पाएकाहरूलाई आइतबार नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको छ। उनका अनुसार परिषद्ले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा मोहनराज शर्मा, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा सुशीलबहादुर बज्राचार्य, व्यवस्थापन संकायमा महानन्द चालिसे, मानविकी तथा सामाजिकशास्त्र संकायमा द्विविनन्द ढकाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा शंकर खनाललाई नियुक्त गरेको छ।