
अध्यक्षमा निर्वाचित शैलेन्द्रराज प्याकुरेल
विदुर । नुवाकोट निर्माण व्यवसायी संघको अध्यक्षमा शैलेन्द्रराज प्याकुरेलको समूह विजयी विजयी भएको छ । । प्याकुरेलले आफ्ना निकटतम प्रतिद्धन्दी कृष्णप्रसाद थपलियालाई २२ मतको अन्तरले पराजित गरेका हुन । अध्यक्षमा विजयी भएका प्याकुरेलले १४१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी कृष्ण प्रसाद थपलियाले ११९ मत प्राप्त गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा प्याकुरेल प्यानलका गणेशवहादुर तामाङ विजयी भएका छन् ।
उनले १४७ मत पाएका छन् भने थपलिया प्यानलका पशुपति थापाले १०७ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा प्रज्वल कार्की १३९ र रामचन्द्र श्रेष्ठ १३२ मत ल्याएर विजयी भए । महासचिवमा थपलिया समुहका शुशिल फुयाँल विजयी भएका छन् । सचिवमा शिवलाल श्रेष्ठ १५८ मत ल्याएर विजयी भए । कोषाध्यक्षमा श्यामवहादुर तामाङले १५२ मत पाए । कोषाध्यक्ष्मा विजयी भएका योविन्द्रसिंह थापाले लोकप्रिय मत १७१ मत ल्याएर विजयी भएका छन् ।

सदस्यहरुमा जीवन मर्हजन १४१, श्रीराम तामाङ १४०, विनोद थापा १४१, बावुकाजी थापामगर १३२, दशरथ थापा १३० र कटक वहादुर ढुङ्गानाले १२२ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेस समर्थक दुई समुह चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्षमा विजयी भएका प्याकुरेललाई नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत, बहादुरसिंह लामासहित एमाले, माओवादी केन्द्र निकटका निर्माण व्यवसायीहरुको समेत समर्थन रहेको थियो ।
यस्तै थपलीया प्यानललाई भने कांग्रेसका नेता अर्जुननरसिंह केसी, पूर्व जिल्ला सभापति जगदीश्वररसिंह केसीसहित कांग्रेस नेताहरुको समर्थन रहेको थियो । नुवाकोट निर्माण व्यवसायी संघमा २ सय ९३ जा मतदाता रहेका छन । जसमध्ये मतदानमा २ सय ६८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।् ।नेपाली कांग्रेसका दुई समुह चुनावी मैदानमा उत्रिएपछि कांग्रेस नेता कार्यकर्ता पनि दुई खेमामा विभाजित भएका थिए । कांग्रेस नुवाकोट भित्रको आन्तरिक राजनीतिमा नेता कार्यकर्ता विभाजित भएका कारण कांग्रेस कमजोर बन्दै गएको देखिन्छ