
काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका दुई प्रभावशाली नेताहरु समानुपातिकमा बसेका छन् । निर्वाचन लड्ने चर्चा चलेपनि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महत र अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसी समानुपातिक सूचिमा परेको नेपाली कांग्रेस स्रोतले बताएको छ .
दुवै नेता नुवाकोटबाट निर्वाचन लड्ने भन्दै तयारीमा लागेका थिए । डा. महतलाई नुवाकोट १ र काठमाडौं ५ बाट प्रत्यक्षका लागि सिफिारिस भएको थियो भने केसीलाई नुवाकोट क्षेत्र न. २ ले समानुपातिकमा सिफारिस गरेको थियो । केसी यसअघि २०७४ मा नुवाकोट २ बाट प्रत्यक्ष निर्वाचन लडेका थिए भने महत काठमाडौं ५ बाट निर्वाचन लडेका थिए ।
यस्तै डा. रामशरण महतलाई भने समानुपातिकमा समावेश गरिएको छैन । कांग्रेस दुवै प्रभावशाली नेता समानुपातिकमा बसेपछि अब दोस्रो पुस्ताका लागि निर्वाचन लड्न बाटो खुलेको छ । केसी र महत पछि बहादुर सिंह लामा र माओवादीबाट हितबहादुर तामाड. प्रत्यक्षमा निर्वाचन लड्ने सम्भावना बढेको छ भने प्रदेशमा डा. केदारनरसिंह केसी जगदीश्वरनरसिंह केसी, रमेश महत, अर्जुन न्यौपाने, महेन्द्र थिड=मध्येबाट छानिने सम्भावना बढेको छ । यस्तै प्रदेशमा सिफारिस भएका पशुपतिदेव पाण्डे पनि क्षेत्र नं १ को प्रदेश ख बाट प्रत्यक्ष उम्मेदवार उम्मेदवार बन्ने सम्भावना बढेको छ । आर्थिक र सामाजिक रुपमा समेत आफ्नो प्रभाव छाड्न सफल पाण्डेको सम्भावना बढेको कांग्रेस नेताहरु बताउँछन् । हालैमात्रै तयारी पोशाक उद्योग संघको अध्यक्ष बनेका पाण्डेलाई उम्मेदवार बनाउने विषयमा नेताहरुबीच सकारात्मक छलफल भएको बुझिएको छ ।
यस्तै कांग्रेसका अन्य प्रभावशाली नेताहरु मिलेन्द्र निधि, गोपालमान श्रेष्ठ, आरजु राणा, जीवन परियार, फर्रमुल्ला मन्सुर लगायतका नेताहरु समानुपातिक सूचिीमा परेका छन् ।
कांग्रेसले समानुपातिक सूचिमा परेका अन्य नेताहरुको नाम भने सार्वनजिक गरेको छैन ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार बन्ने नेताहरुको लर्को लागेपछि त्यसको व्यवस्थापनका लागि मापदण्ड तय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने विभिन्न चार वटा मापदण्ड तय गरेको नेपाली कांग्रेसका मूख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
निर्वाचन आयोगले असोज २ र ३ गते उम्मेदवारको बन्दसुचि पेश गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । । कांग्रेसले तय गरेको उम्मेदवारको बन्दसुचि अनुसार प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधि सभामा आएरसमेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको हो ।
त्यस्तै, २०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाईसमेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ ।त्यस्तै, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ । समानुपातिकमा १ सय १० जना सांसद रहने व्यवस्था छ । समानुपातिक रुपमा रहने उक्त सांसदका लागि दलहरुले निर्वाचन आयोगमा बन्द सुचि बुझाउनुपर्ने व्यवस्था छ । प्रत्यक्षतर्फ भने पाँच दलीय गठबन्धनले अहिलेसम्म सिट बाठफाँट गर्न सकेका छैनन् ।