
विदुर । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि नुवाकोटको क्षेत्र नं. २ प्रदेश सभा “ख“ का लागि डा. भिमलाल तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नुवाकोटमा सामाजिक कार्यमार्फत आफूलाई स्थापित गरेका तामाङलाई समाजवादीले सर्वसम्वत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जिल्लाको उक्त क्षेत्र तथा प्रदेशलाई विशेष कार्यक्षेत्र बनाएर लगातार समाजिक अभियानमा लागेका तामाङको जनमत भने बलियो रहेको छ । तामाङ नेपाल समाजवादी पार्टीका पोलिटब्युरो सदस्य समेत हुन । डा. भट्राईलाई कुनैपनि बेला साथ नछोडेका डा.तामाङको आफ्नै प्रतिष्ठाका कारण नुवाकोटका जनताले विश्वास गरेका छन् ।
तर सो पार्टी पनि पाँच दलीय गठबन्धनमा सहभागि भएका कारण तामाङ सिफारिस भएको प्रदेश समाजवादीको भागमा पर्ने या नपर्ने भन्ने कुराको भने ठेगान लागेको छैन । गठबन्धनबाट उम्मेदवार बन्ने अवसर पाएको खण्डमा भने तामाङको जित निश्चित रहने सो क्षेत्रका नेता कार्यकर्ताले बताएका छ