
आय आर्जनका लागि महिलाहरुलाई बाख्रा सहयोग गर्दै डा. तामाड.
बिदुर – नेपाल समाजवादी पार्टीका पोलिव्यूरो सदस्य तथा समाजसेवी डा. भिमलाल तामाङको सक्रियता जिल्लाका विभिन्न स्थानमा सहयोग गरिएको छ । तामाड. संयोजक रहेको जिएफएन परोपकारी परियोजना २०७८÷२०७९ अन्तर्गत बिदुर नगरपालिका बडा नम्बर ७ तुप्चे अक्करे स्थित श्री चण्डेश्वरी माध्यमिक बिद्यालयका कक्षा १ देखि कक्षा १२ सम्मका ६०० जना बिद्यार्थीहरुलाई लेखन तथा खेलकुद सामग्री वितरण गरिएको छ ।

यस्तै २० जान गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई दुई हजार पाँच सयका ५० हजारको छात्रवृत्ति वितरण पनि गरिएको तामाङले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्नुभएको छ । यस्तै २० जना एकल तथा शिल्पी समुदायको महिलाहरुलाई आयस्रोत एबं जिविकोपार्जनको लागि जनही १ बाख्राको दरले २० वटा बाख्रा पनि वितरण गरिएको तामाङले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
सोही क्रममा श्री सुन्दरादेवी आधारभूत बिद्यालयका छात्रा आयुषा अधिकारीलाइ अभिभावकत्व ग्रहण स्वरुप १ बर्षको शैक्षिक खर्च बापत १४ हजार ८ सय प्रधानाध्यापक बिजय बोगटी मार्फत् प्रदान गरिएको थियो । बिदुर नगरपालिका वडा नं ७ का बडा अध्यक्ष रबिन्द्र नेपालको प्रमुख आतिथ्यता तथा चण्डेश्वरी माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य नोमन तामाङ, श्री जनजागृति युवा क्लबका अध्यक्ष राजकुमार रिजाल लगायतकाको उपस्थिति रहेको थियो ।

तामाङले यसअघि पनि उक्त परियोजना मार्फत जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालय तथा महिलाहरुलाई आय आर्जनका लागि आर्थिक सहयोग गर्दै आउनु भएको छ । तामाङको यो अभियानप्रति नुवाकोटबासी थप उत्साहित भएका छन् । चुनावका बेला मात्रै जनताको घर दैलोमा जाने राजनीतिक पार्टीका नेताहरुका अगाडि तामाङको यो समाजिक अभियान सिंगो नुवाकोटका लागि एक उदाहरणीय बन्दै गएको छ