
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र कांग्रेस नेता अर्जुननरसिंह केसी
विदुर । नेपाली कांग्रेसका प्रभावशाली नेताद्धय डा. प्रकाशशरण महत र अर्जुननरसिंह केसी पुनः नुवाकोटबाट निर्वाचन लड्ने अडानमा पुग्नु भएको छ । नेपाली कांग्रेसले समानुपातिक सूचीमा राखेको भनिएपनि दुवै नेता निर्वाचन लड्ने अडानमा पुगेपछि नुवाकोट जिल्लामा पाँच दलीय गठबन्धन कसरी अगाडि बढ्छ भन्न सकिने अवस्था छैन ।
यसअघि पार्टीले सिट बाँडफाँटका लागि सहमति खोज्ने भन्दै डा. महतलाई समाुनुपातिकको १ नम्बरमा राखेको थियो भने केसीले समानुपातिक बस्न पार्टीका नेताहरुले गरेको प्रस्तावलाई अस्वीकार गर्दै निर्वाचन लड्ने अडान राख्नु भएको थियो । समानुपातिमा परेको समाचार बाहिरिएसँगै केसीले आफ्ना भाई जगदीश्वरनरसिंह केसीको फेसबुक पेजबाट केसी नुवाकोट क्षेत्र नं २ बाट निर्वाचन लड्ने कुरामा कुनै भ्रम नरहेको भन्दै आफ्ना शुभचिन्तकलाई आशवस्त पार्नुभएको थियो ।
केसीले पोष्ट गर्नुभएको उक्त स्टाटसलाई केसीका समर्थकहरुले सेयर गरेर प्रचार गरेका थिए । केसी स्वयम्ले पनि आफू कुनैपनि हातलमा समानुपातिकमा नबस्ने भन्दै आम नेता कार्यकर्ताहरुलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनु भएको छ । आफ्नो निवास गोँगबुबाट केसी निर्वाचनको प्रचारमा लागिसक्नु भएको देखिन्छ ।
केसी यसअघि नुवाकोट २ बाट निर्वाचन लड्नु भएको थियो । २०३८ सालदेखि लगातार नुवाकोटमा निर्वाचन लड्दै आउनु भएका केसीले यसपटक आफ्ना भाई जगदीश्वरनरसिंह केसीलाई क्षेत्र नं २ बाट निर्वाचन लडाउने योजना बनाएको भएपनि त्यो सफल हुने अवस्था नदेखिएपछि उहा आफै मैदानमा उत्रनु भएको छ । यस्तै समानुपातिकको १ नम्बरमा राखिएपनि पार्टी प्रवक्ता डा. प्रकाशशरण महत पनि पार्टीका कार्यकर्ताको दवावपछि पार्टी निर्वाचन लड्ने मनस्थितिमा पुग्नु भएको छ । उहाले पार्टी सभापतिसहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुलाई समेत भेटेर आफु नवाकोट १ बाट निर्वाचन लड्ने् भन्दै आफ्नो अडान कायम राख्नु भएको छ । डा. महत गत निर्वाचनमा काठमाडौं ५ बाट निर्वाचन लड्नु भएको थियो ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्र्वर पोखरेलसँग पराजित हुनु भएका महतलाई यस पटक काठमाडौं ५ र नुवाकोट १ बाट प्रत्यक्षमा निर्वाचन लड्न सिफारिस गरिएको थियो । महत नुवाकोट १ मा निर्वानच लड्न नपाउने हो भने कांग्रेस नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवार खडा गर्ने भन्दै बालुवाटार पुगेर प्रधानमन्त्रीको तथा पार्टी सभापति देउवाको ध्यानाकर्षण समेत गराएका छन् । माओवादीले पनि यस्तै अडान राखेको छ ।
पार्टीका नेता हितबहादुर तामाड.ले निवाृचन क्षेत्र छाड्ने आश्वासन दिउपनि उहालाइृ निवाृन लड्न माओवादीका नेता कार्यकर्ताले दवाव दिइरहेका छन् । कतिपय कांग्ेसीहरुले पनि महतलायई रोक्न तामाड.लाइृ निर्वाचन लड्नका लागि सहयोग गर्ने बताइरहेको अपुष्ट समाचार पनि बाहिर आएका छन् । महतले काठमाडौंबाट निर्वाचन नलड्ने बताइसक्नु भएको छ । उता नुवाकोट २ बाट बहादुरसिंह लामा मुख्य दावेदारका रुपमा सिफारिस भएकाले लामाले आफु कुनै पनि हातलमा निर्वाचन लड्न पाउनुपर्ने अडान राख्नु भएको छ । लामाको अडानले केसीलाई अप्ठेरो परेको छ । केसीले आफू संघ र सिंहलाई प्रदेशमा लडाउने योजनासहित छलफल समेत गर्नुभएको थियो ।
तर सिंहले आफूले गत निर्वाचनमा एक पटकका लागि भनेर छाडेको र यो पटक आफू लड्न पाउनुपर्ने अडान राख्नुभएको उहा निकट स्रोतले नुवाकोट पुकारलाई बतायो ।समानुपातिक सुची सच्याउने समय भएकाले नेता को निर्वाचन लड्ने र को समानुपातिकमा बस्ने भन्ने निर्णय भने असोज १६ पछि मात्रुने देखिएको छ ।
उता पार्टीका अर्का प्रभावशाली नेता डा. रामशरण महतले भने आफुलाई समानुपातिकमा नराखिएकोमा असन्तुष्टि व्यक्त गर्दै प्रत्यक्षमा निर्वाचन लड्ने अडान राख्नु भएको छ । महतलाई पार्टीका नेताहरुले समानुपातिकमा राखेको भन्दै झुक्याएपछि उहा आफै निर्वाचन आयोग समेत पुग्नु भएको थियो । तर उहाले नाम लिष्ट हेर्न नपाएपछि पार्टीका नेताहरुलाई भेटेर निर्वाचन लड्ने अडान राख्नु भएको बुझिएको छ ।
महतलाई नुवाकोट १ बाट निर्वाचन लडाउनका लागि अझै उहा निकट नेता कार्यकर्ता लागिपरेका छन् । पछिल्लो समय महतको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै कांग्रेसले उहालाई निर्वाचन लडाउने मनस्थिति बनाएको छैन । महतलाई राष्ट्यिसभा वा संघीय संसदमा ल्याउनेगरी छलफल भने भएको नेताहरुले बताएका छन् । डा. महत नुवाकोट २ बाट तीन पटक निर्वाचन लडिसक्नु भएको छ भने पटक पटक गरेर झण्डै १० वर्ष मन्त्री समेत बनिसक्नु भएको छ ।