
काठमाडौं । मंसिर ४ गतेको निर्वाचनलाई मध्यजर राखेर नुवाकोटबाट निर्वाचन लडेका लोकतान्त्रिक गठबन्धनले राजधानीमा बसोबार गर्ने नुवाकोटका मतदातासँग भेटघाट गर्ने भएका छन् । उनीहरुले चियापानको आयोजना गर्दै मतदातासँग भेटघाटको तयारी गरेका हुन ।
दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा शनिबार मंसिर ४ गते राजधानीको बसुन्धरास्थित पानस पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गर्न लागि नुवाकोट तादी काठमाडौं सम्पर्क समितिका सभापति रामेश्वर अधिकारीले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभयो । सो अवसरमा नुवाकोटबाट राजधानीमा आइ बसोबास गर्ने लोकतान्त्रिक पक्षधर आम जनसमुदायलाई निमन्त्रण गरिएको उहाले जानकारी दिनुभयो ।
\अधिकारीका अनुसार सो अवसरमा गठबन्धनका उम्मेदवारहरु अर्जुननरसिंह केसी,हितबहादुर तामाड.,सहित प्रदेशका उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको छ । उक्त कार्यक्रमका जिल्लाबाट समानुपातिक उम्मेदवारका रुपमा सिफारिस भएकाहरुलाई पनि निमन्त्रणा गरिएको जनाइएको छ । कार्यक्रमको तयारीका लागि नेपाली कांग्रेसबाट अधिकारीसहित माओवादीबाट किरण रिजाललाई जिम्मेवारी दिइएको छ । मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनमा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन गरिएको छ ।
कांग्रेसबाट क्षेत्र नं २ मा अर्जुननरसिंह केसी र प्रदेशमा क मा रामप्रसाद ढुंगाना र ख मा बहादुरसिंह लामालाई उम्मेदवार बनाइएको छ । भने क्षेत्र नं १ मा हितबहादुर तामाड. र प्रदेश क मा राधिका तामाड. र ख मा नेपाली कांग्रेसका जिल्ला सभपाति रमेश महत उम्मेदवार रहेका छन् ।
गठबन्धनका उम्मेदवारहरु यतिखेर गाउँ गाउँमा मत माग्न व्यस्त रहेका छन् । नेपाली कांग्रेस र माओवादीबीचको गठबन्धनले सहजै निर्वाचन जित्ने अुमान गरिएको भएपनि निर्वाचन भने दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाटक्षेत्र न. १ मा पार्टीका जिल्ला अध्यक्ष बद्री मैनाली र क्षेत्र नं २ मा नारायण खतिवडा उम्मेदवार रहेका छन् ।
प्रदेशमा क्षेत्र नं १ को क मा सुशील खड्का र ख मा पुर्णमान श्रेष्ठ रहेका छन् भने क्षेत्र नं २ को ख मा केशव पाण्डे र ख मा विजय लोप्चन रहेका छन् । अन्य स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी मैदान रहेका छन् । एयरलाईन्स व्यवसायी सुमन पाण्डेले राष्ट्यि स्वतन्त्र पार्टीबाट क्षेत्र नं२ मा उम्मेदवारी दिएका छन् भने १ मा डा. प्रधुन्न महतले उम्मेदवारी दिएका छन्