
गठबन्धन दलले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस र माओवादीका उम्मेदवारसहितका नेताहरु ः तस्बिर नुवाकोट पुकार डटकम
काठमाडौं । नुवाकोट जिल्लामा गठबन्धन गरेका राजनीतिक दलहरुले नुवाकोटबाट राजधानी आएर बसोबास गरेका मतदाताहरुसँग लोकतान्त्रिक अग्रगामी गठबन्धनलाई जिताउनका लागि अपिल गरेका छन् । नुवाकोट काठमाडौं सम्पर्क समिति गठबन्धन दलले शनिबार राजधानीमा दिपावली, छठ तथा ेपाल सम्वतका अवसरमा आयोजना गरेको कार्यक्रममा उम्मेदवारहरुले नुवाकोटको विकासका लागि सामुहिक भावाकासाथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता तथा कांग्रेस समानुपातिक उम्मेदवार डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्वमा स्थापना भएको गठबन्धन वर्तमान परिस्थतिले निर्माण गरेको स्मरण गराउँदै गठबन्धका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाले समाुपातिकमा नेपाली कांग्रेसलाई मत दिन र प्रत्यक्षमा जहाँ जसको उम्मेदवार छ उसैलाई इमान्दारिताकासाथ मतदान गर्न आग्रह गर्नुभयो ।
उहाले आफु समानुपातिकबाट सांसद निर्वाचित हुने र आफ्नो जन्मथलो नुवाकोटलाई नै कार्यक्षेत्र बनाएर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार कांग्रेस नेता अर्जुननरसिंह केसीले नुवाकोटको विकासका लागि गठबन्धन दलहरुले जितेर जाँदा सामुहिक भावनाकासाथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले सिहंदरबारमा नै हराउनेलाई जिताउने कि सिंहदरबार पनि डराउेलाई जिताउने आम मतदाताले फैसला गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अधिनायकवादी शैलीलाई परास्त गर्नका लागि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको स्मरण गराउँदै नुवाकोटबाट निर्वाचन लडेका ६ जना उम्मेदवारलाई नै जिताउनका लागि सक्रिय भएर लाग्न नेपाली कांग्रेसका नेता कार्यकर्तालाई अपिल गर्नुभयो ।

कार्यक्रममा क्षेत्र न. १ का उम्मेदवार तथा माओवादी पोलिटब्यरो सदस्य हितबहादुर तामाड.ले मुलुकको अग्रगामी विकासका लागि लोकतान्त्रिक गठबन्धन बनेको र यसलाई सबैले इमान्दारिताकासाथ मतदान गरेर जिताउनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस तादी काठमाडौं सम्पर्क समितिका सभापति रामेश्वर अघिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि डा. रामशरण महतले नेपाली कांग्रेसले मुलुकको राजनीतिका लागि कांग्रेसले गरेको योगदानको चर्चा गर्नुभएको थियो । उहाले अब मुलुकलाई आर्थिक विकासको बाटोमा लैजानुपर्ने बताउँदै वर्तमान कांग्रेस नेतृत्वको गठबन्धनले त्यो पुरा गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं २ प्रदेश ख का उम्मेदवार बहादुरसिंह लामाले गठबन्धनले जितेको खण्डमा तीन वर्षमा ककनी रानीपौवा सडक निर्माण हुनुका साथै अन्य चार सय सडक पिच गरिने प्रतिवद्धता जनाउनुभयो । यस्तै क्षेत्र नं १ प्रदेश ख का उम्मेदवार रमेश महत, क्षेत्र नं २ का का रामप्रसाद ढुंगाना,क्षेत्र नं १ क बाट उम्मेदवार बनेकी राधिका तामाड. क का उम्मेदवार रमेश महतले पनि निर्वाचनपछि नुवाकोटको विकासका केन्द्रीत हुने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा संविधानससभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीश्वरनरसिंह केसी, धुव्र अधिकारी माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार विमला सुवेदी, नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवार सिता मिजार,माओवादी नेता हिरानाथ खतिवडा, पुष्प न्यौपाने, कांग्रेसका प्रदिप सेडाई, माओवादीका किरण रिजाल लगायतका नेताहरुले मन्तव्य राखेका थिए । नेपाली कांग्रेस र माओवादीका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा समाजवादी लगायतका अन्य पार्टीका नेता कार्यकर्ताहरुको भने उपस्थिति रहेको थिएन ।
डा. महत नुवाकोटमा केन्द्रीत हुने
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस पटक आफूले नुवाकोटबाट र्विाचन लड्े यच्छा राखेपनि गठबन्धका कारण नपाएको बताउनु भएको छ । राजधानीमा भएको कार्यक्रममा नेता महतले आफू समानुपातिकमा १ नम्बरमा रहेको र सांसद बनेपछि नुवाकोटको विकासका लागि लागिपर्ने बताउनुभयो । उहाले आफ्नो जन्मथलो नुवाकोट भएको र आफूले यसअघि पनि नुवाकोटको विकासका लागि लागिपरेको भन्दै अब पनि नुवाकोट जिल्लालाई नै कर्मथलो बनाउने घोषणा गर्नुभयो । डा. महत यसपटक नुवाकोट जाने निकै चर्चाकाबीच समानुपातिकमा बसेका छन् । उहाले आउँदो निर्वाचनमा भने नुवाकोट जाने संकेत गर्नुभएको छ । दुई निर्वाचन क्षेत्र भएको नुवाकोटमा एउटा क्षेत्र केसी परिवार र अर्को क्षेत्र महत परिवारको कब्जामा रहेको छ । जिल्लाको नेता कार्यकर्ता महत र केसी गुटमा विभाजित हुने गरेका छन् ।
