
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिनुभएको हो ।
सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि हिरासतभित्रको तस्विर कसरी बाहिर आयो भन्ने प्रश्न सुरु भएको थियो । गृहमन्त्री लेखकले यो घटनाबारे प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग समेत चासो राख्नुभएको बताइएको छ । महानीरिक्षकसँग चासो राखेसँगै उहाँले तत्काल फोटो सार्वजनिक गर्नेलाई कारबाहीका लागि निर्देशन समेत दिएको जानकारी गराउनु भएको छ ।
वर्गीकृत विज्ञापन