
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा कायम रहेको साधारण चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।
उक्त प्रस्ताव बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले देशभर आफ्नो शाखा विस्तार गरेर सेवा प्रवाह गर्दै आएको छ । पछिल्लो समय बैंकमा राजनीतिक चलखेल हुने गरेकाले कर्मचारीहरु आन्दोलित समेत हुने गरेका छन् ।