
जिल्ला समन्वय समिति नुवाकोटले आज शुक्रबार आज आयोजना गरेको प्रथम त्रैमासिक समिक्षा गोष्ठीलाई सदरमुकाम विदुर सम्बोधन गर्दै मुख्य मन्त्री बहादुरसिंह लामा
विदुर । बागतमी प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले नुवाकोट जिल्लामा विकास निर्माणको गति सुस्त भएको भन्दै परिणाम निस्कने गरि काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
जिल्ला समन्वय समिति नुवाकोटले आज शुक्रबार आज आयोजना गरेको प्रथम त्रैमासिक समिक्षा गोष्ठीलाई सदरमुकाम विदुर सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले समग्र जिल्लाको प्रगती विवरण हेर्दा धेरै सुस्त भएको भन्दै कर्मचारीले अब परिणाम निस्कने गरि लाग्न निर्देशन दिँदै जनप्रतिनिधिहरुलाई पनि परिणाम आउने गरि काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भन्नुभयो, प्रगती विवरण हेरे, धेरै सुस्त देखियो, कर्मचारीहरुमा समस्या छ, सँधैै सरुवा र बुढवाको मात्रै कुरा हुन्छ,यसले समस्या भएको हो, अब परिणाम दिने गरि लाग्नुस्, यो मेरो निर्देशन हो । उहाँले विकास गर्ने हो भने पहिला ,मास्टर प्लान, अर्थात गुरु योजना बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले गुरु योजना विना हचुुवाको भरमा विकास निर्माणका कामहरु गरिएकाले सफल नभएको दावी गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, हामी सबैलाई विकास चाहिएको छ,एक दुई घरमा जान बाटोपनि पिच चाहिन्छ, विना योजना बजेट छरिन्छ तर त्यसको फाइदा कति, कति समय टिकाउ हुन्छ त्यो हामी बुझ्दैनौ अनि कसरी सफल हुन्छौं ? मुख्यमन्त्रीले काम गर्दा पहिला मुख्य बाटोलाई प्राथमिकता दिन पनि आग्रह गर्नुभयो । उहाँले स्थानीय तहले नै आफ्नो ठाउँको विकासलाई सहि रुपमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सबै दल मिलेर राम्रो काम गरेमात्रै विकास गर्न सकिने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका लामाले कर्मचारीलाई समेत कामप्रति प्रतिवद्ध रहन आग्रह गर्दै राम्रो ठाउँमा जाने मात्रै कुरा नगन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, कर्मचारीहरु सरुवा माग्दै आउनुहुन्छ, राम्रो ठाउँमा जान पर्यो भनेर कस्तो ठाउँमा जाने त राम्रो भनेको उहाँले प्रतिप्रश्न गर्नुभयो । मुख्यमन्त्री लामाले देशको पुरानो शिक्षा पद्धतीबाट देश विकास नहुने भन्दै सयम अनुकुल स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सरकारले नै आएका बजेटहरु अनुगमन गर्ने तथा विकास गर्ने कुरामा ध्यान दिनुपर्ने भन्दै त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।
मुख्यमन्त्री लामाले भ्रष्टाचार नियन्त्रणका लागि स्थानीय तहबाट नै सुरु गर्नुपर्नेमा जोड दिँदै स्थानीय तहमा रहनेहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा पनि जोड दिनुभयो । स्वास्थ्य सुारका विषयमा बोल्दै उहाँले विदेशमा जस्तै सरकारले सुरुमा खानेकुरामा नै चेकजाँच गर्नुपर्नेमा जोड दिनुभयो । १२ पालिका रहेको नुवाकोट जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका रहेका छन् । समन्वयले गरेको समिक्षा बैठकमा उल्लेख गरिएको प्रगती विवरण अनुसार लक्ष्य अनुसार कुनै पनि पालिकाले सफलता गर्न सेकेको देखिदैन ।
लक्ष्य अनुसार ३० प्रतिशत मात्रै काम भएको समिक्षा गोष्ठीले देखाएको छ । जिल्ला समन्वय समितिका प्रमुख रजिन्द विक्रम ठकुरीको सभापतित्वमा भएको सो कार्यक्रममा समन्यका उपप्रमुख, सदस्यहरु नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा स्थानीय तहका प्रशासिकय प्रमुख, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा कांग्रेस उपसभापति राजु थापाले मुलुकमा बढेका कारण जनातमा नैराश्यता छाएको भन्दै विकास निर्माणमा कर्मचारीवर्गले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।