Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

क्रियाशील सदस्य वितरण नरोक्न जिल्ला सभापतिहरुलाई कांग्रेसको निर्देशन

नुवाकोट पुकार ५ पुष २०८१, शुक्रबार १०:२२

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशन आउन डेड वर्ष बाँकी रहँदा क्रियाशील सदस्य वितरणलाई तिब्रता दिएको छ । कांग्रेसको विधानमा महाधिवेशन भएको वर्ष क्रियाशील सदस्यता वितरण नगरिने व्यवस्था छ ।

अरु वर्ष भने नियमित रुपमा क्रियाशील सदस्यता वितरण गरिने व्यवस्थाअनुसार नै काम हुनुपर्नेमा समितिले जोड दिएको छ । तर महाधिवेशन नजिकिएपछि मात्रै सदस्यता वितरणमा तातेको देखिन्छ । कांग्रेसले क्रियाशील सदस्य सबै जिल्लामा पठाईसकेको जनाउँदै वितरण प्रक्रियालाई अघि बढाउन जिल्ला सभापतिहरुलाई निर्देशन दिएको छ ।

कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले क्रियाशील सदस्य वितरण गर्न निर्देशन दिँदै सदस्यता वितरण नरोक्न पनि भनेको छ । बैठकले पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल गर्ने निर्णय गर्दै ।

जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए केन्द्रीय समितिले हस्तक्षेप गरेरअघि बढ्ने निर्णय गरेको समितिका सदस्य प्रकाश रसाईलीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।समितिको अर्को बैठक यही पुस १८ गते बस्ने जनाइएको छ ।

कांग्रेसको १५ औं महाधिवेशन आगामी २०८३ सालभित्र भैसक्नुपर्ने व्यवस्था रहेको छ । कांग्रेसले १५ लाख भन्दा बढि क्रियाशिल बनाउने योजना अघि सारेको छ । हाल कांग्रेसमा ८ लाख क्रियाशिल सदस्य रहेका छन् । गत वर्षको महाधिवेशन लक्षित गरेर ५० कायम सदस्यमा ५० प्रतिशत थप गर्ने निर्णय गरेको थियो । यस वर्ष पनि सदस्यता वितरणमा सिमा कायम नरी फारम पठाइएको कांग्रेस केन्द्रीय कार्यालले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेस नुवाकोटले भने सबै वडामा क्रियाशिल सदस्यहरुको नविकरण तथा नयाँ वितरणका लागि फारम पुर्याई सकेका छ । कांग्रेसका दुवै क्षेत्रीय समितिले केन्द्रीय प्रतिनिधि किरण पौडेलको प्रमुख उपस्थितिमा क्रियाशिल सदस्य वडा वडामा पठाएको सभापति रमेश महतले जानकारी दिनुभयो ।

Continue Reading

Previous: चन्द्रागिरी– थानकोट सडक एक महिनालाई बन्द,वैकल्पिक सडकको प्रयोग गर्न आग्रह
Next: जिल्ला समन्वय समिति नुवाकोटको समिक्षा बैठकमा बोल्दै मुख्यमन्त्री लामाले भने,,प्रगती सुस्त भयो परिणाम दिन लागौँ,

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार