
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा गोरखाका डा. बुद्धिमान श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।
उपसभापति खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिनु भएको छ ।
कांग्रेसको विधान अनुसार सो प्रतिष्ठानको प्रमुखमा पार्टी उपसभापति रहने व्यवस्था रहेको छ । यसअघि प्राध्यापक पुरुषोत्तम दाहाल सो प्रतिष्ठानको निर्देशक हुनुहुन्थ्यो । कांग्रेसमा सो प्रतिष्ठानले पार्टीको नीति तथा विधानका विषय छलफल गर्नुका सार्थ पार्टीका सबै तहमा प्रशिक्षणको कार्यक्रम समेत गर्दै आएको छ ।
मुख्य सचिवयर