
विद्यालयमा आयोजित स्वर्णजयन्ती समारोहमा प्रमुख अतिथि अर्जुजनरसिंह केसीसहित अतिथिहरु मञ्चमा ,तस्बिर,नुवाकोट पुकार
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं १ स्थित आरुखर्कमा रहेको आरुखर्क माध्यमिक विद्यालयले आफ्नो ५० औं वाषिकोत्सव मनाएको छ । विद्यालय प्रांगणमा आइतबार आयोजित कार्यक्रममा विद्यालयले स्वर्णजयन्ती समारोहको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थी अभिभावक, बुद्धिजिबि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि प्रदेश सांसद रामप्रसाद ढुंगाना,नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदसय जगदीश्वरनरसिंह केसी,बेलकोटगढी नगरपालिकाका मेयर जगत लामा, उपमेयर शिव दाहालसहित पूव जनप्रतिनिधि तथा वडा अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयलाई विभिन्न रुपमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्नुकसाथै कलाकाहरुले सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

आरुखर्क माध्यमिक विद्यालय २०३१ साल पुस ७ गते स्थापना भएको थियो । स्थापनासँगै विद्यालयले अनेक प्रकारको आरोह अवरोहकाबीच ५० वर्षे यात्रा पार गरेको छ । विद्यालयमा हाल ३ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

यसैबीच स्वर्ण जयन्ती मनाउन विद्यालयले ४९ लाख रुपैयाँ आर्थिक सङ्कलन गरेको आर्थिक सहयोग सङ्कलन समितिका संयोजक विकास खतिवडाले जानकारी दिनुभएको छ ।