
काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा भरत जंगम पक्राउ परेका छन् । काठमाडौंको साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा जंगमलाई आज आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जंगम पक्राउ परेको पुष्टि गर्नुभएको छ । उहाँले पक्राउ गरिएको पुष्टि गर्दै जंगमबारे अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।
यस्तै जंगमसँगै सोही सहकारीका कोषाध्यक्ष लुलन दाहाल पनि पक्राउ परेका छन् । समाजिक सञ्जालमार्फत भ्रष्टाचार रिोधी अभियानमा लागेका जंगम आफै सहकरीकोरकम अपचलनमा पक्राउ परेका छन् । सो सहकारीमा रवि पत्नी निकिता पनि केही समय उपाध्यक्ष रहेको सहरकारीको विवरणमा उल्लेख छ ।